नेपालको टी-ट्वान्टी र एकदिवसीय वरीयता यथावत « Khabarhub

नेपालको टी-ट्वान्टी र एकदिवसीय वरीयता यथावत


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टी र एकदिवसीय वरीयतामा नेपाल यथावत रहेको छ ।

आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल दुवै फर्म्याटमा यथावत रहेको हो । टी-ट्वान्टीतर्फको नयाँ वरीयतामा नेपाल १३ औं स्थानमा छ । यस अघि पनि नेपाल १३ औं स्थानमै रहेको थियो ।

नेपालको टी-ट्वान्टीमा उत्कृष्ट वरीयता ११ औं स्थान हो । टी-ट्वान्टीको नयाँ वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत र तेस्रोमा न्युजिल्याण्ड रहेका छन् ।

नेपाल एकदिवसीय वरीयताको १६ औं स्थानमा रहेको छ । यस अघिको वरीयतामा समेत नेपाल १६ औं स्थानमै रहेको थियो ।

एकदिवसीयमा न्युजिल्याण्ड शीर्ष स्थानमा रहदा अष्ट्रेलिया दोस्रो र इंग्ल्यान्ड तेस्रो स्थानमा रहेको छ ।

भारत चौंथो र दक्षिण अफ्रीका पाँचौं स्थानमा रहेको छ । खेलाडीको ब्याटिङ वरीयतामा नेपालका कुशल भुर्तेल ५९ औं स्थानमा रहेका छन् ।

नेपालका पूर्व कप्तान पारस खड्का ९२ औं स्थानमा छन् । यस्तै कप्तान ज्ञानेन्द्र मल्ल ९६ औं स्थानमा झरेका छन् । बलिङ वरीयतामा नेपालका सन्दीप लामिछाने ७८ औं स्थानमा रहेका छन् ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  १० : ५९ बजे

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रूपन्देहीलाई

घोराही– यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल

इरानी प्रतिनिधिमण्डल सवार विमानमा अमेरिकी हमलामा मारिएका विद्यार्थीको तस्बिर र झोला

काठमाडौं- अमेरिकी र इरानी अधिकारीहरूबीच उच्चस्तरीय शान्ति वार्ताको तयारी भइरहँदा

संविधान र राष्ट्रिय हितमा आँच आए सडक र सदनबाट प्रतिवाद गर्छौं : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी

रूख काट्ने क्रममा एक जनाको मृत्यु, दुई घाइते

त्रिशूली– आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रूख काट्ने क्रममा एक

पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको पर्यटन क्षेत्रलाई समावेशी