बेलायतको प्लाइमाउथमा गोली चल्यो, तीन बर्षीया बालिकासहित तीन जनाको मृत्यु « Khabarhub

बेलायतको प्लाइमाउथमा गोली चल्यो, तीन बर्षीया बालिकासहित तीन जनाको मृत्यु


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन (एएफपी)- बेलायतको दक्षिणपश्चिमी शहर प्लाइमाउथमा एक व्यक्तिले चलाएको गोली लागी एक बालिकासहित कम्तीमा तीन जनाको मृत्यु भएको छ ।

घटनाको बेलायती प्रहरीले पुष्टि गरेको छ । प्रहरीले भनेको छ, “बिहीबार राति एक व्यक्तिले अन्धाधुन्ध गोली चलाएको र उक्त घटनामा मारिनेमा एक तीन बर्षीया बालिका, उनका दुई आफन्त रहेका छन् भने अन्य दुई छिमेकी सामान्य घाइते भएका छन् ।”

बेलायतमा ११ वर्षमा पहिलोपटक भएको समूह लक्षित गोलीकाण्ड भएको हो ।

डेवन एण्ड कर्नवाल प्रहरीका अनुसार २२ वर्षीय हत्यारा जेक डेभिसनले तीन बर्षीया बालिका, उनका आफन्त र अन्य तीन व्यक्तिलाई गोली हानेपछि आफूलाई पनि गोली हानेका प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ ।

घटनामा घाइते भएका दुबै जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको बताइएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ६ : ४० बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात