विश्वभर १८ करोड ५५ लाखले जित कोरोना भाइरसको संक्रमण « Khabarhub

विश्वभर १८ करोड ५५ लाखले जित कोरोना भाइरसको संक्रमण


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  विश्वभर १८ करोड ५५ लाखभन्दा धेरै व्यक्तिले कोरोना भाइरसको संक्रमण जितेका छन् ।

पछिल्लो २४ घण्टामा ४ लाख ९७ हजार ७०२ जना संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या १८ करोड ५५ लाख ३४ हजार ९३७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ७ लाख १९ हजार २०४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित संख्या २० करोड ६९ लाख ८ हजार २८२ पुगेको छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ७० लाख १६ हजार पाँच छ । यसमध्ये एक लाख ३ हजार ३४६ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर १० हजार ६८ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ४३ लाख ५७ हजार ३४० पुगेको छ ।

अमेरिका फेरि बढ्दै संक्रमण

कोरोना भाइरसको खोप तीव्र पारेपछि अमेरिकामा कोरोना भाइरसको संक्रमण नियन्त्रणउन्मुख देखिएकोमा फेरि बढ्न थालेको छ ।

खोप भएपनि लगाउन नमान्ने तथा मास्क लगाउन छाड्नेहरुका कारण त्यहाँ नयाँ भेरियन्टसहितको संक्रमण फैलिन थालेको विज्ञहरुले जनाएका छन् ।

विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा ६ लाख ३७ हजार १६१ जनाको मृत्यु भएको छ ।

त्यहाँ पछिल्लो २४ घण्टामा एक लाख ५५ हजार २९७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड ७३ लाख ६४ हजार ७०० पुगेको छ ।

यसैगरी ब्राजिलमा ५ लाख ६७ हजार ९१४ जना, भारतमा ४ लाख ३० हजार ७६२ जना, रूसमा १ लाख ६८ हजार ८६४ जना, बेलायतमा १ लाख ३० हजार ८०१ जना, फ्रान्समा १ लाख १२ हजार ५६१ जना, इटालीमा १ लाख २८ हजार ३७९ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ७ : २५ बजे

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख