तालिबान आक्रमण तीब्र भएपछि थप फौज पठाएर आफ्ना कुटनीतिज्ञको उद्धार गर्दै अमेरिकी « Khabarhub

तालिबान आक्रमण तीब्र भएपछि थप फौज पठाएर आफ्ना कुटनीतिज्ञको उद्धार गर्दै अमेरिकी


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तालिबानको अफगानिस्तानका विभिन्न शहरमा आफ्नो पकड जमाउँदै लगेपछि विदेशी मुलुकहरुले आफ्ना कुटनीतिज्ञ र नागरिकको धमाधम उद्धार थालेका छन् ।

तालिबान बिद्रोहीले लोघर प्रान्तको राजधानी पुल–ए–आलम नियन्त्रणमा लिएका छन् । सो शहर राजधानी काबुलबाट ८० किलोमिटर मात्रै पर रहेको छ ।

तालिबानले एक तिहाइ प्रान्त कब्जा गरेर आक्रमण जारी राखेपछि अमेरिका, बेलायत, जर्मनीलगायतका मुलुकले थप सैन्य फोर्स अफगानिस्तानमा उतार्दै आफ्ना नागरिक र कुटनीतिज्ञको उद्धार थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यसैबीच कूटनीतिक कर्मचारी तथा अन्य नागरिकको उद्धारका लागि अमेरिकी सैनिकको पहिलो टोली अफगानिस्तान पुगेको छ । उक्त टोलीमा तीन हजार अमेरिकी सैनिक छन् । उनीहरुलाई एकसाता भित्र फिर्ता लगिसक्ने जनाइएको छ ।

अमेरिकाले काबुलमा रहेको आफ्नो दूतावासका कर्मचारीहरुलाई संवेदनशील कागजात तथा सामग्रीहरुको संरक्षणका लागि आवश्यक उपकरणको व्यवस्था गरिसकेको पनि जनाएको छ ।

बेलायतले आफ्ना नागरिकको उद्धारका लागि ६०० सैनिक पठाउने तयारी गरेको छ । यस्तै जर्मनीले, डेनमार्क र नर्वेले भने अफगानिस्तानमा रहेका आफ्ना दूतावास बन्द गर्दै कर्मचारी उद्धारको तयारी थालेका छन् ।

अमेरिकीसहित नेटोसँग आवद्ध विदेशी सैनिकको अन्तिम समूह फिर्ता हुने क्रम जारी रहेसँगै तालिबानले आक्रमण तीब्र पारेको छ । सेप्टेम्बर ११ सम्ममा अफगानिस्तानबाट सबै विदेशी सैनिक फिर्ता हुँदैछन् ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  १० : ४३ बजे

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख

काठमाडौं– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । 

महोत्तरीका वन कर्मचारीले घेरे रास्वपा कार्यालय (तस्बिरहरू)

काठमाडौं– महोत्तरीको बर्दिबास कालापानीस्थित डिभिजन वनका कर्मचारीले राष्ट्रिय स्वतन्त्र पार्टीको

सर्वदलीय बैठक: यस्तो छ ७ बुँदे संयुक्त वक्तव्य

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको

सुनसरीको देवानगन्ज क्षेत्रमा निषेधाज्ञा कायम

विराटनगर– सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले

नेपालमा बाघको सङ्ख्या ४२९ पुग्यो

काठमाडौँ– पछिल्लो गणनाअनुसार नेपालमा बाघको सङ्ख्या ४२९ पुगेको छ ।