तालिबान आक्रमण तीब्र भएपछि थप फौज पठाएर आफ्ना कुटनीतिज्ञको उद्धार गर्दै अमेरिकी « Khabarhub

तालिबान आक्रमण तीब्र भएपछि थप फौज पठाएर आफ्ना कुटनीतिज्ञको उद्धार गर्दै अमेरिकी


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तालिबानको अफगानिस्तानका विभिन्न शहरमा आफ्नो पकड जमाउँदै लगेपछि विदेशी मुलुकहरुले आफ्ना कुटनीतिज्ञ र नागरिकको धमाधम उद्धार थालेका छन् ।

तालिबान बिद्रोहीले लोघर प्रान्तको राजधानी पुल–ए–आलम नियन्त्रणमा लिएका छन् । सो शहर राजधानी काबुलबाट ८० किलोमिटर मात्रै पर रहेको छ ।

तालिबानले एक तिहाइ प्रान्त कब्जा गरेर आक्रमण जारी राखेपछि अमेरिका, बेलायत, जर्मनीलगायतका मुलुकले थप सैन्य फोर्स अफगानिस्तानमा उतार्दै आफ्ना नागरिक र कुटनीतिज्ञको उद्धार थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यसैबीच कूटनीतिक कर्मचारी तथा अन्य नागरिकको उद्धारका लागि अमेरिकी सैनिकको पहिलो टोली अफगानिस्तान पुगेको छ । उक्त टोलीमा तीन हजार अमेरिकी सैनिक छन् । उनीहरुलाई एकसाता भित्र फिर्ता लगिसक्ने जनाइएको छ ।

अमेरिकाले काबुलमा रहेको आफ्नो दूतावासका कर्मचारीहरुलाई संवेदनशील कागजात तथा सामग्रीहरुको संरक्षणका लागि आवश्यक उपकरणको व्यवस्था गरिसकेको पनि जनाएको छ ।

बेलायतले आफ्ना नागरिकको उद्धारका लागि ६०० सैनिक पठाउने तयारी गरेको छ । यस्तै जर्मनीले, डेनमार्क र नर्वेले भने अफगानिस्तानमा रहेका आफ्ना दूतावास बन्द गर्दै कर्मचारी उद्धारको तयारी थालेका छन् ।

अमेरिकीसहित नेटोसँग आवद्ध विदेशी सैनिकको अन्तिम समूह फिर्ता हुने क्रम जारी रहेसँगै तालिबानले आक्रमण तीब्र पारेको छ । सेप्टेम्बर ११ सम्ममा अफगानिस्तानबाट सबै विदेशी सैनिक फिर्ता हुँदैछन् ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  १० : ४३ बजे

क्षेप्यास्त्र उत्पादनमा अमेरिका–जापान सहकार्य

काठमाडौँ – अमेरिका र जापानले उन्नत मध्यम दूरीका हावाबाट हावामा प्रहार

टेम्केमैयुङका स्थानीयलाई विद्युतीय चुलो वितरण

भोजपुर– ग्रामीण क्षेत्रमा स्वच्छ ऊर्जाको प्रयोग बढाउँदै परम्परागत खाना पकाउने

मस्तिष्कघातबाट ५० हजारभन्दा बढी प्रभावित

काठमाडौँ– मुलुकमा प्रत्येक वर्ष मस्तिष्कघातबाट ५० हजारभन्दा बढी मानिस प्रभावित

जनकपुरविरुद्ध काठमाडौंले जित्यो टस

काठमाडौं– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत जनकपुर

हराभरा प्रकृति समृद्धिको आधार

संघीय राजधानी काठमाडौँको आँगनमै उभिएर पनि प्रकृतिको शीतलता, संस्कृतिको मौलिकता,