‘हिमालय रोडिज’ सुरु « Khabarhub

‘हिमालय रोडिज’ सुरु


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एडभेञ्चर रियालिटी शो ‘हिमालय रोडिज’को चौथो संस्करण सुरु भएको छ । राजधानीमा शुक्रबार आयोजक र प्रायोजकसँग सम्झौता पत्रमा हस्ताक्षरसँगै चौथो संस्करणको प्रोमो सार्वजनिक गरियो । शोको शीर्ष प्रायोजक यामाहाले निरन्तरता दिएको छ । यो सिजनको थिम ‘सिजन अफ सर्भाइभल’ राखिएको छ ।

यसअघिका तीन सिजन निर्देशन गरेका अमनप्रताप अधिकारी चौथो सिजनमा छैनन् । उनको स्थानमा सिमोस सुनुवार आएका छन् । सुनुवारले आफ्नो निर्देशनमा फ्रेञ्चाइजको फम्र्याटअनुसार सिधा परिवर्तन ल्याउन नमिलेपनि दर्शकलाई आफ्नो मेहनतमा केहि फरक स्वाद दिलाउने बताए ।

शोको डिजिटल अडिसन पनि सुरु भएको छ । कोरोना कहरपछि सुरक्षा मापदण्डको कारण भौतिक उपस्थितिमा अडिसन सञ्चालन गर्ने वातावरण नभएकोले आयोजक हिमालय टेलिभिजनले पहिलोपटक रोडिजमा डिजिटल अडिसनको सुरुवात गरेको हो ।

रोडिज सिजन ४ मा सहभागी हुन चाहनेहरुले एन्ड्रोइड मोबाइलमा रहेको ‘हिमालय रोडिज’ एप्लिकेसन डाउनलोड गरी भिडियो क्लिप पठाउनुपर्नेछ या रोडिजको आधिकारिक फेसबुक पेजबाट पनि सिधै भिडियो पठाएर सहभागिता जनाउन सक्नेछन् ।

रोडिजमा ग्याङ लिडरको रुपमा अभिनेता अनुपबिक्रम शाही, दिया मास्के, आशिष राना ’लाहुरे’, पहिलो संस्करण विजेता समन रहेका छन् भने रेमनदास श्रेष्ठले होस्ट गर्नेछन् । चौथो सिजनमा डिजिटल अडिसनको समय २ सातालाई तोकिएको छ । अडिसन सकिएपछि निर्माण टिमले प्रारम्भिक छनोटबाट फिजिकल अडिसनको लागि बोलाउनेछ ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  १२ : १४ बजे

११ दिनपछि उद्धार गरिएका आफ्ना नागरिकसँग चिनियाँ दूतावासको टोलीको भेट

काठमाडौं- माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका चिनियाँ नागरिकसँग

वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत

 बाजुरा– यहाँको वीरेखोला झरनामा भीषण बाढी आउँदा झण्डै दुई दर्जन

निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारको स्पष्ट नीति

लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच

काठमाडौं- ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा

सिमकोटमा विद्युत् आपूर्ति बन्द

हुम्ला– जिल्ला सदरमुकाम सिमकोटमा अनिश्चितकालका लागि विद्युत् सेवा अवरुद्ध हुँदा