सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट आज « Khabarhub

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट आज


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साउन २० गतेदेखि २४ गतेसम्म निष्काशन खुला भएको सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक शेयर(आईपीओ) आज बाँडफाँट भएको छ ।

सानिमा लाइफको कार्यालय दरबारमार्गमाआज बिहान आईपीओ बाँडफाँट भएको हो । उक्त कम्पनीको आईपीओ ५ लाख ४० हजार जनाले १०–१० कित्ताका दरले पाएका छन् ।

लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । सानिमा लाइफको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ ।

निष्काशन गरिएको ६० लाख कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरिएका थियो ।

उक्त आईपीओमा २४ लाख १९ हजार १ सय २७ जना सर्वसाधारण लगानीकर्ताहरुबाट ३ अर्ब ६९ करोड ४३ लाख ४४ हजार रकम बराबरको ३ करोड ६९ लाख ४३ हजार ४ सय ४० कित्ता शेयरको लागि आवेदन परेको थियो । कम्पनीको आईपीओमा ६.८४ गुणाले ओभर सब्सक्राइब भएको हो ।

आवेदन दिएका मध्ये करीब २० लाखको हात खाली भएको बिक्री प्रबन्धक कार्य प्रभु क्यापिटल लिमिटेडले जनाएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ११ : ५९ बजे

आज २०८२ साल फागुन २९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २९ गते शुक्रबार चैत

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण