युट्युबमा आयो राजुको ‘उल्झन’ « Khabarhub

युट्युबमा आयो राजुको ‘उल्झन’


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–विदेशमा नेपाली युवाले पाउने पीडा र दुःखका कथा समेटिएको फिल्म ‘उल्झन’ युट्युबमा रिलिज भएको छ । राजु अधिकारी निर्देशित यो फिल्म थिएटरमा रिलिज नभई कोभिड महामारीका कारण युट्युबमा रिलिज गरिएको हो ।

आशुतोष फिल्मसको व्यानरमा निर्माण भएको फिल्ममा स्वदेश फर्किएपछि एक युवाले भोग्ने व्यथालाई प्रस्तुत गरिएको छ ।

तेजेन्द्र कँडेलको प्रस्तुति र नारायण ढुंगाना कार्यकारी निर्माता रहेको फिल्ममा ध्रुव दत्त, रजनी केसी, रामचन्द्र अधिकारी, ऐनी विष्ट, बेनी ढुङगाना, दीपक ढकाललगायतका कलाकारको अभिनय रहेको छ ।

नवीन अधिकारी र हरि कार्कीले संयुक्त रुपमा निर्माण गरेको फिल्ममा हिरामणि न्यौपाने र दिनेश गौतमको संगीत, रामप्रसाद कँडेलको गीत,कुमार महर्जनको द्वन्द्व, शिव विकको नृत्य, लक्ष्मण घिमिरेको छायांकन र आरती अधिकारी आचार्यको लेखन छ ।

निर्देशक अधिकारीको अर्को फिल्म ‘माया बस्छ कि के हो’ रिलिजको तयारीमा छ । फिल्म म्यूजिक नेपाल मुभिजको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो । युरोपका विभिन्न स्थानमा छायांकन भएको फिल्म युरोपका विभिन्न देश र लण्डनमा रेडकार्पेट प्रिमियर गरिएको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ५ : १४ बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ