तातोपानी नाकाबाट व्यापार सहज बनाउन माग « Khabarhub

तातोपानी नाकाबाट व्यापार सहज बनाउन माग


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल चीनबीचको स्थलमार्ग तातोपानी नाकाबाट व्यापार सहज बनाउन व्यवसायीहरुले माग गरेका छन् ।
शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै नाका पूर्ण रुपले सञ्चालनमा ल्याउनु पर्ने माग राखेका हुन् । भूकम्पपछि यो नाका अस्थिर रुपले सञ्चालन भइरहेको छ ।

सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ र नेपाल हिमालय सीमापार बाणिज्य संघले एक ज्ञापन पत्र बुझाउँदै नाका पूर्ण रुपले सञ्चालनका लागि माग गरिएको हो । संकटग्रस्त क्षेत्र सिन्धुपाल्चोकमा आइपरेका अनेकौं विपदले निकै समस्या रहेको र नाका सञ्चालन नहुँदा व्यवसायीलगायतलाई समस्या परेको भन्दै नेपाल चीन बीचको व्यापारिक कारोबार अगाडि बढाउन पहल गरिदिन प्रधानमन्त्री शेरबहादुर देउवासामू व्यापारीहरु पुगेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेर बधाई ज्ञापन गर्दै राजस्व संकलनमा उल्लेख्य योगदान गर्ने नाका पूर्ण रुपले सञ्चालन हुनुपर्ने माग राखिएको सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष वेदबहादुर श्रेष्ठले बताए ।

नाका अस्थिर हुँदा संयौंको रोजीरोटी गुमेको छ । नाकाबाट कारोबार हुँदा काम गर्ने मजदुर अहिले विचल्लीमा परेकाले पूर्ण रुपले नाका सञ्चालन हुनुपर्ने नेपाल हिमालय सीमापार बाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठको भनाइ छ ।
नाकाबाट हुने व्यापारका साथै प्रधानमन्त्री सामू उद्योग बाणिज्य संघ र सीमापार बाणिज्य संघले विपद न्यूनीकरणका लागि पहल गरिदिन हनुरोध समेत गरे ।

सिन्धुपाल्चोकमा यस अघि पनि २०७१ को जुरे पहिरो, २०७२ को विनाशकारी भूकम्प, २०७३ को भोटेकोशी बाढी, २०७७ को जम्बु, घुम्थाङ, लिदि पहिरो तथा २०७८ असार १ र १७ गतेको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीका कारण प्राकृतिक रुपमा विपद्ग्रस्त बन्दै आइरहेको छ ।

कोदारी, तातोपानी, चाकु, बाह्रविसे, लामोसाँघु, खाडिचौर, बलेफी, जलविरे, ढाँडे, सुकुटे, ढाँडखोला, मेलम्ची, पाँचपोखरी थाङपाल, हेलम्बु पनि नदी किनारमा हुँदा बाढी तथा पहिरोको जोखिममा रहेकाले आवश्यक अध्ययन गरी स्थानान्तरणका लागि पहल गर्न अनुरोध गरिएको सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेत (राजकुमार)ले बताए । पटक पटकको बाढीका कारण अरनिको राजमार्गको लिपिङ पुल, कोदारी पहिरो, डाक्लाङ पहिरो, लार्चा पुललगायतमा क्षति पुगेको छ ।

बाह्रविसेबाट २६ किलोमिटर माथि पर्ने कोदारीसम्मका सडक क्षतविक्षत अवस्थामा छ । पहिरोले २०७४ साउनमा भाँच्चिएको लार्चा पुल अहिलेसम्म बन्न सकेको छैन । क्षतिग्रस्त पुल बन्न र राजमार्गको विस्तार एवं उन्नति हुन नसक्दा नाका सञ्चालनमा समस्या आएको नेपाल हिमालय सीमापार बाणिज्य संघका निवर्तमान अध्यक्ष बच्चु पौडेलले बताए ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ५ : ४९ बजे

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौं– नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको काउन्टर

रास्वपाले प्रधानमन्त्रीसँग खोज्यो चुनावी सुरक्षाको ग्यारेन्टी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ गतेको निर्वाचनको वातावरण बनाउन

‘जलाइएका संरचना टुलुटुलु हेर्दै गाउँ जान सकिँदैन, फागुन २१ मा निर्वाचन हुँदैन’

काठमाडौं- आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे

महेशलाई सिंहदरबार पठाएका केपी साथमा शंकर लिएर पुगे शेरबहादुर भेट्न

काठमाडौं- सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीले आयोजना गरेको सर्वपक्षीय छलफल चलिरहँदा

अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाले पाएनन् उचित पारिश्रमिक 

धादिङ– निर्माण, कृषि तथा अन्य अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूले