प्रधानमन्त्री देउवाले पारस खड्कालाई भने – जिन्दगीको दोस्रो इनिङ पनि सफल बनोस् « Khabarhub

प्रधानमन्त्री देउवाले पारस खड्कालाई भने – जिन्दगीको दोस्रो इनिङ पनि सफल बनोस्


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – हालै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका पारस खड्काले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा उनले देउवालाई भेटेका हुन्।

भेटमा प्रधानमन्त्री देउवाले पारसलाई दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका सफलता र क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा धन्यवाद दिएका छन्।

साथ, देउवाले नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस् भनेर पारसलाई शुभकामना समेत दिएका छन्।

प्रधानमन्त्री देउवाले पूर्वकप्तान खड्कासँग भएको भेटको तस्बिर ट्वीटरमा सार्वजनिक गरेका छन्। ‘दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका हरेक ती सफलता, नेपालीले कहिल्यै नभुल्ने ती रोमाञ्चक जित र हामीलाई क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा पारसलाई धन्यवाद,’ उनले लेखेका छन्, ‘नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस्। सरकारको साथ र सहयोग सधैं रहने छ।’

पारसले पनि प्रधानमन्त्री देउवालाई धन्यवाद दिएका छन। उनले आगामी दिनमा प्रधानमन्त्री देउवाले नेपाली क्रिकेटको विकासमा सहयोग पुर्याउने उल्लेख गरेका छन।

यसअघि गत बिहीबार सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि क्रिकेटर खड्कासँग भएको भेटको तस्बिर सार्वजनिक गरेका थिए। उनले उक्त तस्बिर खड्काले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएको दोस्रो दिनको भएको पनि ट्वीटरमा उल्लेख गरेका थिए।

पारसले खेलाडीका रुपमा सक्रिय हुँदा पनि भविष्यमा व्यवस्थापनमा आउने इच्छा व्यक्त गरेका थिए। सन्न्यास लिदा पनि उनले क्यानमा आउने कै लागि सन्न्यास लिएको जनाएका थिए।

खेलेर मात्रै क्रिकेटको विकास नहुने बताउँदै आएका पारस व्यवस्थापनको नेतृत्वमा जान चाहन्छन्। त्यही कारण पनि पारसले राजीनामा दिएका हुन्। क्यानको विधान अनुसार कुनै पनि खेलाडी निर्वाचित हुँदै नेतृत्वमा पुग्न खेल जीवनबाट कम्तीमा दुई वर्षअघि नै सन्यास लिएको हुनुपर्छ। त्यसैको तयारी लागि पारसले सन्यास लिएका हुन्।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ६ : ०८ बजे

अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकले लोपोन्मुख सम्पदाको जगेर्ना गर्नेछ : सभामुख अर्याल

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’

तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव भेटियो

काठमाडौं- काठमाडौंको तारकेश्वर नगरपालिका–१ स्थित कालेबासे क्षेत्रमा पार्किङ गरिएको विद्युतीय कारभित्र

माछाका भुरा र खाने माछा बिक्रीबाट मत्स्य विकास केन्द्रको राजस्व बढ्यो

नेपालगञ्ज– बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शम्शेरगञ्जस्थित मत्स्य विकास केन्द्रले माछाका भुरा

जेन-जी आन्दोलनका क्रममा कारागारबाट फरार माझी पक्राउ

जनकपुरधाम– गत भदौमा भएको ‘जेन-जी’ आन्दोलनका क्रममा रौतहटको गौर कारागारबाट

धर्मेन्द्र प्रधानको रजीनामापछि कांग्रेस नेताको टिप्पणी- ‘अ डे लेट एन्ड अ डलर सर्ट’

काठमाडौं- भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा आएलगत्तै प्रमुख प्रतिपक्षी