मंसिर ९ देखि १३ सम्म केन्द्रीय महाधिवेशन गर्ने कांग्रेसको निर्णय « Khabarhub

मंसिर ९ देखि १३ सम्म केन्द्रीय महाधिवेशन गर्ने कांग्रेसको निर्णय


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाली कांग्रेसले आगामी मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ ।

आज बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय महाधिवेशन आगामी मंसीरमा गर्ने निर्णय गरेको हो । महामन्त्री पुर्णबहादुर खड्काका अनुसार भदौ १८ गते वडा अधिवेशन शुरु हुनेछ । ‘भदौको १८ गते वडा अधिवेशन शुरु गरेर मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय भएको छ’, उनले भने ।

कांग्रेसको तीन दिनसम्म बसेको बैठक महाधिवेशनको नयाँ कार्यतालिका तोक्दै बैठक सकिएको छ । केन्द्रीय सदस्य प्रदीप पौडेलका अनुसार निर्णय सर्वसम्मत रुपमा भएको हो ।

पौडेलका अनुसार भदौ २ गतेभित्र क्रियाशिल सदस्यहरुको अन्तिम नामावली बुझाउने, भदौ १८ गते वडा अधिवेशन, भदौको २७ गते पालिका अधिवेशन, असोज ५ गते प्रतिनिधिसभा क्षेत्र अधिवेशन, असोज १० गते जिल्ला अधिवेशन, कार्तिक १०, ११ र १२ गते प्रदेश अधिवेशन र मंसिर ९ देखि १३ गते केन्द्रीय महाधिवेशनको नयाँ मिति तय भएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ७ : १६ बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा