‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’ केदार वाशिष्ठलाई प्रदान « Khabarhub

‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’ केदार वाशिष्ठलाई प्रदान


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यसै वर्ष स्थापना भएको ५० हजार राशिको साहित्यपोस्ट उत्तम कृति पुरस्कार नेपाल विद्याका स्रष्टा केदार वाशिष्ठलाई प्रदनन गरिएको छ ।

थापा गाउँस्थित कुञ्ज थिएटरमा आयोजित कार्यक्रमका बीच उक्त पुरस्कार अर्पण गरिएको हो ।

गोरखापत्रमा दैनिकमा कार्यरत पत्रकार केदार वाशिष्ठसँग तीन दशक लामो लेखन अनुभव रहेको कुरा साहित्यपोस्टसँगको अन्तरवार्तामा बताएका थिए । नेपाल विद्या पुस्तक उनले विद्यावारिधि गर्ने सोच बनाउँदै गर्दा उब्जिएको विषय थियो ।

तीन भागमा समेटिएको उक्त पुस्तकले नेपालका तीन फरक फरक क्षेत्रमा अनुसन्धान गरेको छ, जसलाई समीक्षकहरुले वर्षकै उपलब्धिका रुपमा लिएका छन् ।

साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाको सभापितत्वमा आयोजित कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्राडा जगमान गुरूङ प्रमुख अतिथि रहेका थिए । त्यस्तै निर्णाक मण्डल सदस्यको रूपमा गोरखापत्रका पूर्व प्रधानसम्पादक तथा लघुकथा समाज, नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन विशिष्ठ अतिथिका रूपमा सहभागी भएका थिए ।

“अहिलेसम्म कुनै व्यक्ति तथा संस्थाले गर्न नसकेको काम वाशिष्ठजीले गर्नुभएको छ”, पुरस्कार अर्पणपश्चात् आफ्नो मन्तव्य राख्दै प्राडा गुरूङले भने, “नेपाल विद्याजस्तो अध्ययन पुस्तक तयार गर्नु आफैँमा साहसिक काम हो । यसको मुल्याङ्कन ढिलोचाँडो हुने नै छ ।”

त्यस्तै श्रीओम श्रेष्ठ रोदनले साहित्यपोस्टले विश्वास गरेर निर्णाकमध्ये एक सदश्यको रूपमा आफूलाई जिम्मेवारी दिएकोमा खुसी व्यक्त गरे । उनले भने, “निर्णायक मण्डलको एक सदश्यका रूपमा नेपाल विद्याजस्तो कृतिलाई पुरस्कृत गर्न पाउँदा गौरव लागेको छ ।”

साहित्यपोस्ट उत्तम कृति पुरस्कारको सौजन्य चर्चित साहित्यकार पारिजातका सहयोगी उत्तमप्रसाद पन्तले गरेका हुन् । उनले लामो समय राणाकालमा जलसमाधि लिएकी क्रान्तिकारी योगी योगमायाका विषयमा अनुसन्धान गरेका थिए ।

‘राम्रो कृतिलाई पुरस्कृत गर्न पाउँदा मलाई अपार हर्ष लागेको छ ।’ पन्तले भने, ‘आमागी वर्षहरुमा यस्तै डेब्यु लेखकलाई प्रोत्साहन गर्न पाइयोस् भन्ने इच्छा छ ।’

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ६ : ४१ बजे

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी