‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’ केदार वाशिष्ठलाई प्रदान « Khabarhub

‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’ केदार वाशिष्ठलाई प्रदान


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यसै वर्ष स्थापना भएको ५० हजार राशिको साहित्यपोस्ट उत्तम कृति पुरस्कार नेपाल विद्याका स्रष्टा केदार वाशिष्ठलाई प्रदनन गरिएको छ ।

थापा गाउँस्थित कुञ्ज थिएटरमा आयोजित कार्यक्रमका बीच उक्त पुरस्कार अर्पण गरिएको हो ।

गोरखापत्रमा दैनिकमा कार्यरत पत्रकार केदार वाशिष्ठसँग तीन दशक लामो लेखन अनुभव रहेको कुरा साहित्यपोस्टसँगको अन्तरवार्तामा बताएका थिए । नेपाल विद्या पुस्तक उनले विद्यावारिधि गर्ने सोच बनाउँदै गर्दा उब्जिएको विषय थियो ।

तीन भागमा समेटिएको उक्त पुस्तकले नेपालका तीन फरक फरक क्षेत्रमा अनुसन्धान गरेको छ, जसलाई समीक्षकहरुले वर्षकै उपलब्धिका रुपमा लिएका छन् ।

साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाको सभापितत्वमा आयोजित कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्राडा जगमान गुरूङ प्रमुख अतिथि रहेका थिए । त्यस्तै निर्णाक मण्डल सदस्यको रूपमा गोरखापत्रका पूर्व प्रधानसम्पादक तथा लघुकथा समाज, नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन विशिष्ठ अतिथिका रूपमा सहभागी भएका थिए ।

“अहिलेसम्म कुनै व्यक्ति तथा संस्थाले गर्न नसकेको काम वाशिष्ठजीले गर्नुभएको छ”, पुरस्कार अर्पणपश्चात् आफ्नो मन्तव्य राख्दै प्राडा गुरूङले भने, “नेपाल विद्याजस्तो अध्ययन पुस्तक तयार गर्नु आफैँमा साहसिक काम हो । यसको मुल्याङ्कन ढिलोचाँडो हुने नै छ ।”

त्यस्तै श्रीओम श्रेष्ठ रोदनले साहित्यपोस्टले विश्वास गरेर निर्णाकमध्ये एक सदश्यको रूपमा आफूलाई जिम्मेवारी दिएकोमा खुसी व्यक्त गरे । उनले भने, “निर्णायक मण्डलको एक सदश्यका रूपमा नेपाल विद्याजस्तो कृतिलाई पुरस्कृत गर्न पाउँदा गौरव लागेको छ ।”

साहित्यपोस्ट उत्तम कृति पुरस्कारको सौजन्य चर्चित साहित्यकार पारिजातका सहयोगी उत्तमप्रसाद पन्तले गरेका हुन् । उनले लामो समय राणाकालमा जलसमाधि लिएकी क्रान्तिकारी योगी योगमायाका विषयमा अनुसन्धान गरेका थिए ।

‘राम्रो कृतिलाई पुरस्कृत गर्न पाउँदा मलाई अपार हर्ष लागेको छ ।’ पन्तले भने, ‘आमागी वर्षहरुमा यस्तै डेब्यु लेखकलाई प्रोत्साहन गर्न पाइयोस् भन्ने इच्छा छ ।’

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ६ : ४१ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले