पाठशालाको गार्ड कसरी बने महान वैज्ञानिक : एक प्रेरक प्रसङ्ग « Khabarhub

पाठशालाको गार्ड कसरी बने महान वैज्ञानिक : एक प्रेरक प्रसङ्ग


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वर्नर हाइजनबर्ग जब १९ वर्षका थिए, तब उनी पाठशालामा गार्डको ड्युटी गर्थे । एक दिन यस्तै ड्युटी गरिरहेको बेलामा कतैबाट प्रख्यात दार्शनिक प्लेटोको एक नामक पुस्तक भेटे, जसमा प्राचीन ग्रीसको परमाणुसम्बन्धी सिद्धान्त दिइएको थियो ।

यो पुस्तक पढ्दा पढ्दै वर्नरलाई भौतिक विज्ञानमा यति रुची जागेर आयो कि उनले यो क्षेत्रमा केही गर्ने विचार गरे । फेरि के थियो र २३ वर्षको उमेरसम्म उनले आफ्नो बेजोड प्रतिभाको बलमा गोटिजेनमा प्रोफेसर मेक्स प्लाङ्कको सहायकको पदमा नियुक्त भए । यसपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेन ।

आफ्नो जीवनको २४ वसन्त बितुन्जेल वर्नर कोपेनहेगनको विश्वविद्यालयमा लेक्चर भइसकेका थिए । २६ वर्षको उमेरसम्म पुग्दा आफ्नो पहिलाको ६–७ वर्षको अनुसन्धानको आधारमा उनलाई भौतिक विज्ञानमा असाधारण योगदानको लागि नोबेल पुरस्कार प्रदान गरियो । यस प्रकार एउटा पुस्तकले एउटा गार्डलाई केही वर्षभित्रमा नोबेल पुरस्कार बिजेता बनाइदियो ।

साभार : प्रेरक प्रसङ्ग पुस्तकबाट

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ५ : ४० बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज