मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु « Khabarhub

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- बेलौरी नगरपालिका–१० सडकघाटका का अन्दाजी वर्ष २६ का सन्तोष चौधरीको सडक दुर्घटनामा परी मृत्यु भएको छ ।

सोमवार साँझ अबेर सुपप्र०१००९प ५०५८ नंको मोटरसाइकलमा कलकत्ता बजारतर्फ जाँदै गर्दा बेलौरी– ८ स्थित हुलाकी राजमार्गमा थुपारेर राखिएको ग्राभेलको थुप्रोमा मोटरसाइल ठोक्किँदा उनी सख्त घाइते भएका थिए  ।

तत्कालै उपचारका लागि कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा चौधरीको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए ।

यसैबीच भीमदत्त नगरपालिका–११ भुजेलास्थित साइवन नहरमा सोमबार अन्दाजी वर्ष ४५ का पुरुषको शव प्रहरीले फेला पारेको छ ।

नहरमा कम्मरदेखि खुट्टासम्मको भाग देखिएको र कम्मरभन्दा तल टाउकोसम्मको भाग पानीमा घोप्टो डुबेका अवस्थामा पुरुषको शव फेला परेको प्रनाउ न्यौपानेले बताए । उनका अनुसार बरामद शवको अहिलेसम्म पहिचान खुल्न सकेको छैन ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ९ : ३० बजे

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक