बैतडीमा गुडिरहेको बसमा ढुंगा खस्दा एक यात्रुको मृत्यु, तीन घाइते « Khabarhub

बैतडीमा गुडिरहेको बसमा ढुंगा खस्दा एक यात्रुको मृत्यु, तीन घाइते


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी-  बैतडीमा गुडिरहेको बसमा ढुंगा खस्दा एक जनाको मृत्यु भएको छ ।

पाटन नगरपालिका-८ झौलेकमा गुडिरहेको सुप.प्र.२००१ ख ११५६  बसमा मंगलबार बिहान सडकमाथिबाट ढुंगा खसेको हो ।

बसमा ढुंगा खस्दा बझाङको थलारा गाउँपालिका-५ का १८ वर्षीय अर्जुन नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

बस महेन्द्रनगरबाट बझाङका लागि छुटेको थियो  । मंगलबार बिहान साढे दुईबजेतिर जयपृथ्वी राजमार्ग अन्तर्गत खोड्पे-बझाङ सडकखण्डको झौलेकमा बसमा सडकमाथिबाट ढुंगा खसेको हो ।

ढुंगा लागेर अन्य तीन जना घाइते भएका प्रहरी निरीक्षक खड्काले बताए । घाइते हुनेमा बझाङको जयपृथ्वी नगरपालिका-११ का ४० बर्षीय हरिप्रसाद जोशी, सोही ठाउँका ३६ वर्षीय नवराज खड्का र कैलालीको धनगढी उपमहानगरपालिका-४ का २८ वर्षीय माधव भट्ट रहेका छन् । उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  १० : ०१ बजे

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक