एमालेसँगको सहमतिबाटै विधेयक पारित गर्छौं : अर्थमन्त्री शर्मा « Khabarhub

एमालेसँगको सहमतिबाटै विधेयक पारित गर्छौं : अर्थमन्त्री शर्मा


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले प्रमुख प्रतिपक्षी दल एमालेको सहमतिमै संसदमा पेश भएका अर्थसम्बन्धी विधेयकहरू पारित गर्ने बताएका छन् ।

एमाले सांसदहरूको नाराबाजीकाबीच प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयकसहित विभिन्न अर्थसम्बन्धी विधेयक पेश भएका छन् । एमालेलाई सहमतिमा ल्याएर ती विधेयक पारित गर्ने अर्थमन्त्री शर्माले बताएका हुन् ।

‘सहमतिका लागि वार्ता भइरहेको छ । सहमतिबाटै पारित गर्छौं’, अर्थमन्त्री शर्माले भने, ‘सहमति भएन भने नियमित प्रक्रियाबाट पारित गर्छौ ।’ संसद् अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याउने चर्चा भए पनि उनले त्यो विषयमा सरकारले नसोचेको बताएका छन् । उनले अध्यादेश नल्याउने बताए ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  १ : ५८ बजे

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक