विश्वव्यापी तापक्रम बढेको बढ्यै « Khabarhub

विश्वव्यापी तापक्रम बढेको बढ्यै


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन– वैज्ञानिकहरुले तापक्रम विश्वव्यापी रुपमा बढ्दो क्रममा रहेको बताएका छन् । वैज्ञानिकहरुले पहिलेको तुलनामा विश्वका विभिन्न स्थानमा तापक्रममा बृद्धि भएको बताएका हुन् । तापक्रम बृद्धिले मानव स्वास्थ्यमा नै गम्भिर चुनौती थपेको उनीहरुको भनाइ छ ।

सन् १९८० पछि ५० डिग्री सेल्सियस भन्दाबढी तातो हुने दिन हरेक दशक बढिरहेको छ । सन् १९८० देखि सन् २००९ को अवधिमा औषतमा एक वर्षमा ५० डिग्री वा सो भन्दा बढी तापक्रम पुग्ने दिनको संख्या १४ रहेको थियो । तर, सन् २०१० देखि सन् २०१९ को अवधिमा यो संख्या २६ पुगेको छ । यो अवधिमा ४५ डिग्री र यो भन्दामाथिको तापक्रम वर्षमा ३१ दिन पुगेको छ ।

‘तापक्रम वृद्धिको मुख्य कारक कोइला र ग्यास हो,’ युनिर्भसिटी अफ अक्सफोर्डका वातावरण परिवर्तसम्बन्धी सहनिर्देशक डा फ्रेडराइक ओटो भन्छन् । सम्पूर्ण पृथ्वी नै तातेपछि तापक्रम बृद्धि सामान्य मानिन थालिएको छ ।

उच्च ताप मानिस र प्रकृतिका लागि घातक मानिन्छ । यसले मानिसबाहेक भौतिक संरचना, सडक र उर्जा प्रणालीमा नै असर गर्छ । मध्यपूर्व र खाडी मुलुकमा सामान्यतया ५० डिग्री सेल्सिय तापक्रम हुन्छ । इटाली र क्यानडामा अहिलेसम्मकै तापक्रमबृद्धिपछि जुनसुकै दिन ५० डिग्री सेल्सियस माथिको तापक्रम जहाँसुकै हुन सक्ने वैज्ञानिकहरुले जनाएका छन् । एजेन्सी

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  २ : २५ बजे

कञ्चनपुर कारागारबाट १६ कैदीबन्दी स्थानान्तरण

महेन्द्रनगर– महेन्द्रनगरस्थित कञ्चनपुर कारागारबाट १६ कैदीबन्दीलाई बाँकेको नौबस्ता कारागार स्थानान्तरण

आजका समाचार : ओली-लेखक छुटे, चौध दिनमै श्रममन्त्रीको जागिर गयो, उपसभामुखमा रुबी ठाकुर पक्का र लेबनानमा इजरायलको नरसंहार

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारीराष्ट्रपति रामचन्द्र पौडेलले श्रम,

मदनभण्डारी राजमार्ग : १३ हजार रूख कटान

झापा– राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रूख कटानको

विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

नेपालगञ्ज– बाँकेका सबै स्थानीय तहमा विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

तनहुँ- शिक्षाको गुणस्तर सुधार्न तनहुँको व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक