विश्वव्यापी तापक्रम बढेको बढ्यै | Khabarhub Khabarhub

विश्वव्यापी तापक्रम बढेको बढ्यै


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन– वैज्ञानिकहरुले तापक्रम विश्वव्यापी रुपमा बढ्दो क्रममा रहेको बताएका छन् । वैज्ञानिकहरुले पहिलेको तुलनामा विश्वका विभिन्न स्थानमा तापक्रममा बृद्धि भएको बताएका हुन् । तापक्रम बृद्धिले मानव स्वास्थ्यमा नै गम्भिर चुनौती थपेको उनीहरुको भनाइ छ ।

सन् १९८० पछि ५० डिग्री सेल्सियस भन्दाबढी तातो हुने दिन हरेक दशक बढिरहेको छ । सन् १९८० देखि सन् २००९ को अवधिमा औषतमा एक वर्षमा ५० डिग्री वा सो भन्दा बढी तापक्रम पुग्ने दिनको संख्या १४ रहेको थियो । तर, सन् २०१० देखि सन् २०१९ को अवधिमा यो संख्या २६ पुगेको छ । यो अवधिमा ४५ डिग्री र यो भन्दामाथिको तापक्रम वर्षमा ३१ दिन पुगेको छ ।

‘तापक्रम वृद्धिको मुख्य कारक कोइला र ग्यास हो,’ युनिर्भसिटी अफ अक्सफोर्डका वातावरण परिवर्तसम्बन्धी सहनिर्देशक डा फ्रेडराइक ओटो भन्छन् । सम्पूर्ण पृथ्वी नै तातेपछि तापक्रम बृद्धि सामान्य मानिन थालिएको छ ।

उच्च ताप मानिस र प्रकृतिका लागि घातक मानिन्छ । यसले मानिसबाहेक भौतिक संरचना, सडक र उर्जा प्रणालीमा नै असर गर्छ । मध्यपूर्व र खाडी मुलुकमा सामान्यतया ५० डिग्री सेल्सिय तापक्रम हुन्छ । इटाली र क्यानडामा अहिलेसम्मकै तापक्रमबृद्धिपछि जुनसुकै दिन ५० डिग्री सेल्सियस माथिको तापक्रम जहाँसुकै हुन सक्ने वैज्ञानिकहरुले जनाएका छन् । एजेन्सी

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  २ : २५ बजे

भूकम्पले क्षति पुर्‍याएकाे अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा– भूकम्पले क्षति पुर्‍याएकाे गोरखाको सहिद लखन गाउँपालिका–४ स्थित ताक्लुङमा

हमासको आक्रमणमा तीन इजरायली सेना मारिए, वार्ता निश्कर्षविहीन

काठमाडौं– प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परी तीन इजरायली सेना

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं– बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो, १०५ आगलागीका घटना

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका