१८ अंकले घट्यो शेयर बजार, ५ अर्बको कारोबार « Khabarhub

१८ अंकले घट्यो शेयर बजार, ५ अर्बको कारोबार


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मंगलबार शेयर बजार नेप्से परिसूचक १८ दशमलव ५४ अंकले घटेर २,९२९ दशमलव २९ को विन्दुमा कायम भएको छ ।

मंगलबार ४९ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १३१ वटा कम्पनीको शेयर मुल्य घटेको छ । मंगलबार सबै उपसूचक घटेका छन् ।

यस दिन २२२ वटा कम्पनीको १ करोड ६ लाख ३९ हजार ८२६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १९ करोड ५२ लाख ९५ हजार रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको कारोबार भएको छ । कम्पनीको २७ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

सबैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

सानिमा लाइफ इनस्योरेन्स कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । रैराङ हाइड्रोपावर कम्पनीका लागनीकर्ताले ५ दशमलव ०४ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ५६ प्रतिशतका दरले गुमाएका छन् । सिटिजन म्युचुअल फण्ड दुईका इकाईधनीले ३ दशमलव ७७ प्रतिशतका दरले गुमाएका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ६ : ०५ बजे

ध्वनि प्रदूषण गराउने मोटरसाइकल नियन्त्रणमा

काठमाडौं– काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्दै ध्वनि

कांग्रेसबाट स्वर्णिमले खोसेको तनहुँ-१ मा त्रिपक्षीय प्रतिस्पर्धा

काठमाडौं- २१ फागुनमा हुने निर्वाचन नजिकिँदै गर्दा झापा- ५, सर्लाही-

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड : पहिरो रोकथाम योजना सुरु

म्याग्दी– चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडकको म्याग्दी

नवलपुर-२ : कांग्रेसबाट विरासत फिर्ता ल्याउने एमालेको दाउ, रास्वपाले पनि दिँदैछ टक्कर

काठमाडौं- तीन दशकयता नवलपुर– २ को चुनावी इतिहास हेर्दा नेकपा

बेथानचोक गजराम पर्वतबाट देखिएको सूर्योदयको दृश्य (तस्बिरहरू)

काभ्रे– काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका– ३ र ५ को सिमानामा अवस्थित