शिवशक्ति ग्रुप काठमाडौं किंग्स ११ को गोल्ड पार्टनर « Khabarhub

शिवशक्ति ग्रुप काठमाडौं किंग्स ११ को गोल्ड पार्टनर


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिवशक्ति ग्रुप एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा खेल्ने फ्रेन्चाइज टोली काठमाडौं किंग्स ११ को गोल्ड पार्टनर बन्ने भएको छ ।काठमाडौं किंग्स ११ले सोमबार शिवशक्ति ग्रुपको फ्यामिली ओइल र ऊर्जा राइससँग यस विषयको सम्झौतामा हस्ताक्षर गरेको छ।

शिवशक्ति ग्रुपका निर्देशक सन्दिप अग्रवालले नेपालको खेलकुद क्षेत्र अझै उच्च मुकाममा पुग्न बाँकी रहेको बताए।

‘हामीले नेपाली टिमलाई विश्व मञ्चमा उत्कृष्ट प्रदर्शन गरेको देखिरहेका छौं। एक अग्रणी व्यापारिक ग्रुप भएको नाताले कर्पोरेट उत्तरदायित्वको महत्व बुझेर हामीले नेपाली क्रिकेटरहरुको प्रतिभामा निखार ल्याउन मद्दत गर्ने नेपालकै उत्कृष्ट लिगमा लगानी गरेका हौं’, उनले भने।

यसपालिको ईपीएलमा काठमाडौं किंग्स ११ आकर्षक प्रतिभाले भरिएको टोली हो। जसमा पाकिस्तान राष्ट्रिय टोलीका पूर्वकप्तान शाहिद आफ्रिदी, सन्दिप लामिछाने, सुबास खकुरेल, शेर मल्ल र अरु खेलाडीहरु छन् ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ६ : ०३ बजे

असन–इन्द्रचोकको तरकारी बजार (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको असन र इन्द्रचोक क्षेत्र देशकै प्रमुख र पुरानो

एन्टिबायोटिकको दुरुपयोगले हरेक वर्ष १३ लाखको मृत्यु : कसरी बच्ने ?

आधुनिक चिकित्सा विज्ञानले विश्वभर नै स्वास्थ्य क्षेत्रमा ठूलो फड्को मारेको

इन्डोनेसियासँग भिड्दै नेपाल, साम्बाको अनुपस्थितिमा अञ्जिलाको कप्तानी

काठमाडौं – साफ महिला च्याम्पियनसिपको तयारीमा रहेको नेपालले बुधबार इन्डोनेसियाविरुद्ध

एमालेको ११औँ महाधिवेशन उद्घाटन भक्तपुरको सल्लाघारीमा, बन्दसत्र राष्ट्रिय सभागृहमा

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा

निर्वाचन प्रयोजनका लागि आज दल दर्ताको अन्तिम दिन

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग