शिवशक्ति ग्रुप काठमाडौं किंग्स ११ को गोल्ड पार्टनर « Khabarhub

शिवशक्ति ग्रुप काठमाडौं किंग्स ११ को गोल्ड पार्टनर


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिवशक्ति ग्रुप एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा खेल्ने फ्रेन्चाइज टोली काठमाडौं किंग्स ११ को गोल्ड पार्टनर बन्ने भएको छ ।काठमाडौं किंग्स ११ले सोमबार शिवशक्ति ग्रुपको फ्यामिली ओइल र ऊर्जा राइससँग यस विषयको सम्झौतामा हस्ताक्षर गरेको छ।

शिवशक्ति ग्रुपका निर्देशक सन्दिप अग्रवालले नेपालको खेलकुद क्षेत्र अझै उच्च मुकाममा पुग्न बाँकी रहेको बताए।

‘हामीले नेपाली टिमलाई विश्व मञ्चमा उत्कृष्ट प्रदर्शन गरेको देखिरहेका छौं। एक अग्रणी व्यापारिक ग्रुप भएको नाताले कर्पोरेट उत्तरदायित्वको महत्व बुझेर हामीले नेपाली क्रिकेटरहरुको प्रतिभामा निखार ल्याउन मद्दत गर्ने नेपालकै उत्कृष्ट लिगमा लगानी गरेका हौं’, उनले भने।

यसपालिको ईपीएलमा काठमाडौं किंग्स ११ आकर्षक प्रतिभाले भरिएको टोली हो। जसमा पाकिस्तान राष्ट्रिय टोलीका पूर्वकप्तान शाहिद आफ्रिदी, सन्दिप लामिछाने, सुबास खकुरेल, शेर मल्ल र अरु खेलाडीहरु छन् ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ६ : ०३ बजे

टी–२० विश्वकप : न्युजिल्यान्डको फराकिलो जित, श्रीलंका बाहिरियो

कोलोम्बो – घरेलु मैदानको साथ र समर्थकको उत्साह हुँदाहुँदै पनि

झापामा ठगी आरोपमा भारतीय नागरिकसहित सातजना पक्राउ

झापा- पैसाको नक्कली बन्डल देखाई नेपाल र भारतका नागरिकलाई ठगी

निर्वाचन सुरक्षाको प्रबन्ध मिलाउन सरकारलाई निर्वाचन आयोगले पठायो पत्र

काठमाडौं- निर्वाचन आयोगले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य

निर्वाचन : चुस्त सुरक्षा व्यवस्थापन र सुदृढीकरणमा जोड

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा चुस्त सुरक्षा

बैतडीमा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप, एमालेका दुई जना घाइते

काठमाडौँ– बैतडीमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच