सिर्जनशील बालबालिका नै भविष्यका आशाका किरण हुन : राष्ट्रपति « Khabarhub

सिर्जनशील बालबालिका नै भविष्यका आशाका किरण हुन : राष्ट्रपति


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- “बालबालिका जीवन र जगत्लाई निरन्तरता दिने सृष्टिका कोपिला हुन”, बाल दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भनिन्, “सिर्जनशील बालबालिका नै भविष्यका आशाका किरण हुन् ।”

बालबालिकाको समग्र विकासका लागि बालमैत्री समाज निर्माण गर्न सबैलाई आग्रह गर्दै उनले बालबालिकालाई भनिन्, “व्यक्तित्व विकासको महत्वपूर्ण चरणमा रहेका बालबालिकाले अनुशासन र मेहनत गरी अतिरिक्त क्रियाकलापमा सहभागी हुन म आग्रह गर्छु ।” उनले सिर्जनात्मक कार्यक्रममा सहभागी हुन आग्रहसमेत गरिन् ।

बाल दिवसका अवसरमा राष्ट्रपति कार्यालयमा बालबालिकासँग भेट्न पाएकामा खुशी व्यक्त गर्दै उनले भनिन् , “बालबालिका भनेका भविष्यका जिम्मेवार नागरिक हुन, परिवार, विद्यालय र राष्ट्रले बालबालिका सहभागिताको विषयमा ध्यान दिनुपर्छ ।”

राष्ट्रपति भण्डारीले बालबालिकाको विकासका लागि नेपाल सरकारले सङ्घ, प्रदेश, स्थानीय तहमा सडक बालबालिकामुक्त राष्ट्र अभियान, बाल हेल्पलाइन १०९८, बालबालिका खोजतलास केन्द्र, बाल कोष, अस्पतालमा शय्याको व्यवस्था गरेको स्मरण गरिन् । साथै बालबालिकाको संरक्षणका लागि थप चेतनामूलक कार्यक्रम चलाउन जरुरी रहेकोसमेत उनको भनाइ थियो ।

बालबालिकाको संरक्षण गर्नका लागि कोभिड–१९ विरुद्धको खोप ल्याउनका लागि सरकारले पहल गरिरहेको र नेपाल सरकारको नीति तथा कार्यक्रममा बालबालिका प्रतिष्ठानको अवधारणा अघि सारिएको बताइन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव यामकुमारी खतिवडाले देश सङ्घीयतामा प्रवेश गरेसँगै बालबालिकालाई स्थानीय तहबाटै संरक्षण गर्नुपर्ने गरी काम भइरहेको बताइन् । “बालबालिकाको संरक्षणका लागि सरकारले प्रयास गरिरहेको छ”, उनले भनिन्, “यो वर्ष तीन हजार हराएका बालबालिका फेला पारी परिवारको सम्पर्कमा बुझाइएको छ ।”

नेपाल बाल सङ्गठनका अध्यक्ष विद्या उपाध्यायले अभिभावकविहीन बालबालिकालाई संरक्षण दिने र शिक्षा दिने व्यवस्था गरिरहेको जानकारी दिइन् ।  “नेपाल बाल सङ्गठनको देशभर भएका भौतिक सम्पत्तिको संरक्षण हुन सकेको छैन”, अध्यक्ष उपाध्यायले भनिन्, “भौतिक सम्पत्तिको राम्ररी संरक्षण भए बालबालिकाको संरक्षण, शिक्षा र स्वास्थ्यमा सहयोग पुग्ने थियो ।” उनले बालमन्दिरका बालबालिकाको हेरचाहका लागि सरकारले बजेटसमेत बढाइदिनु आग्रह गरिन् ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ८ : १५ बजे

इन्डोनेसियासँग भिड्दै नेपाल, साम्बाको अनुपस्थितिमा अञ्जिलाको कप्तानी

काठमाडौं – साफ महिला च्याम्पियनसिपको तयारीमा रहेको नेपालले बुधबार इन्डोनेसियाविरुद्ध

एमालेको ११औँ महाधिवेशन उद्घाटन भक्तपुरको सल्लाघारीमा, बन्दसत्र राष्ट्रिय सभागृहमा

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा

निर्वाचन प्रयोजनका लागि आज दल दर्ताको अन्तिम दिन

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग

जसपा नेपालले सङ्घर्षका कार्यक्रम सुरु गर्दै, आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले आजदेखि सङ्घर्षका कार्यक्रम सुरु

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्तिप्रति यो