दुब्लो/पातलो भएमा के खाने ? के नखाने ? « Khabarhub

दुब्लो/पातलो भएमा के खाने ? के नखाने ?


२८ आश्विन २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

उचित पोषण, शरीरमा पानीको कमी, रक्तअल्पता, पखाला वा अपच हुनु, अत्याधिक चिन्ता गर्नु मधुमेह रोग लाग्नुको साथै जीर्ण रोगहरुका कारणले गर्दा शरीरको उचाइ अनुरुप तौल नहुँदाको अवस्था नै दुब्लोपन हो । यो अवस्थामा रिँगटा लाग्ने, काम गर्दा दम बढ्ने, कमजोरीको महशुस हुनेजस्ता यावत् समस्याहरु देखिन्छन् ।

खान र गर्न नहुने कुराहरु

दुब्ला पातला मानिसले के खाँदा मोटाइन्छ भन्दा पनि सर्वप्रथम के कारणले गर्दा दुब्लो भइयो त्यो पत्ता लगाउनुपर्छ र सोहीअनुसार खाना खानुपर्छ । यदि मधुमेहको रोग लागेको छ भने सोही रोग अनुरुप नै खाना खाने नियम पालना गर्ने गर्नुपर्दछ । यदि शारीरिक कुपोषण वा अन्य कमजोरीले दुब्लो भएमा त्यस्तो बेलामा तारेभुटेको अनावश्यक चिल्लो, अमिलो, पिरो आदि भएका असन्तुलित खानेकुरा खानु हुँदैन ।

खान र गर्न हुने कुराहरु :

यदि तपाईं दुब्लो हुनुहुन्छ, मोटाउने चाहना गरिरहनुभएको छ भने नियमित रुपमा आफ्नो खानपान र दिनचर्या बीच सन्तुलन कायम गर्नुपर्छ । दैनिक ४–५ लिटर पानी पिउने, दिनको डेढ लिटर दूधको साथमा ४–५ कोसा पाकेको केरा खाने, सुख्खा फलफूलहरुमा किसमिस, दाख, पेस्ता, देशीवदाम, काजु, बदामलाई थोरै–थारै गरी पटकपटक खाइरहने, दही–घिउ खाने, दिनको तीन पटक राम्रोसँग चपाएर सन्तुलित भोजन गर्ने र बीचबीचमा सामान्य व्यायाम एवं योगासन पनि गर्ने । पूरा जीउमा तेलले मालिस गर्ने, कुनै रोग भएमा उपचार पनि गर्दै जाने । यसो गर्नाले विस्तारै शरीर पुष्ट हुँदै आउँछ ।

साभार : ‘योगाभ्यास तथा घरेलु उपचार विधि’ पुस्तकबाट

 

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहिबार  ७ : ३३ बजे

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि

‘अर्नब’को प्रभाव : कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

ताप्लेजुङ– बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली क्षेत्रको

ब्रसेल्समा संयुक्त पर्यटन प्रवर्द्धन कार्यक्रम : सेलरोटी र छोइलामा रमाए पाहुना

काठमाडौँ–  ब्रसेल्सस्थित नेपाली राजदूतावासले भुटान, माल्दिभ्स र श्रीलंकाका राजदूतावाससँगको सहकार्यमा

आँबुखैरेनीमा पहिलोपटक व्यावसायिक सयपत्री फूलखेती

दमौली – तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँका छ जना किसानले सामूहिक रूपमा