पर्यटकलाई आकर्षण गर्न लोहोकिल पार्क निर्माण « Khabarhub

पर्यटकलाई आकर्षण गर्न लोहोकिल पार्क निर्माण


२८ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- खोटेहाङ गाउँपालिका–८ सिम्पानीमा लोहोकिल पार्क निर्माण गरिएको छ ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत गाउँपालिकाको बजेट तथा उपभोक्ता समितिको श्रमदान गरी रु २४ लाख २९ हजार ७०६को लागतमा पार्क निर्माण गरिएको हो ।

विसं २०१६ मा बनाइएको पुरानो पोखरी सिम्पानी बजार विस्तारका क्रममा पुरिएपछि सोही ठाउँमा पार्क बनाइएको गाउँपालिकाका प्रमुख प्रदीपकुमार राईले बताए ।

‘सिम्पानीमा बजार विस्तारका क्रममा पुरानो पोखरी पुरिनाका साथै पोखरीछेउको जोडी बरपीपलको ठूलो रुख ढालिएको थियो’, उनले भने, ‘ऐतिहासिकस्थलको रुपमा रहेको लोहकिलमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणका लागि पुरिएको पोखरीलाई पुनर्जिवन दिन बीचमा राखिएको ढुङ्गाको आकृतिबाट पानीको फोहरा निस्कने पोखरीसहितको पार्क बनाइएको छ ।’

ऐतिहासिक तथा व्यापारिक केन्द्र सिम्पानी बजारको सौन्दर्य बढाउँदै  पर्यटकलाई आकर्षण गराउने र घुमफिर गर्नाका लागि पार्क निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।

पार्क निर्माणका क्रममा स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रमबाट विनियोजित रु १४ लाख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष रोजगार कार्यक्रमको रु सात लाख ५० हजार खर्च भएको प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले जानकारी दिए ।

यसैगरी उपभोक्ता समितिबाट (दश प्रतिशत) रु दुई लाख ५० हजार ५८१ बराबरको श्रमदान जुटाइएको थियो । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले पार्क शुभारम्भ गरे ।

भौतिक पूर्वाधार निर्माणमा जिल्लाका अन्य स्थानीय तहभन्दा अगाडि देखिएको गाउँपालिकाले पछिल्लो समय पर्यटन पूर्वाधार विकासलाई जोड दिएको छ ।

जिल्लाका गाउँपालिकामध्ये सबैभन्दा ठूलो नौँ वडा रहेको उक्त गाउँपालिकाका हरेक वडामा एक/एक  पर्यटकीय गन्तव्य बनाउन धार्मिक तथा पर्यटकीय क्षेत्रको स्तरोन्नति भइरहेको छ ।

पर्यटकीयस्थल कपासेभञ्ज्याङमा राष्ट्रिय विभूति पार्क, इन्द्रेणीपोखरीमा इन्द्रेणीको आकृति, रोक्सिमभञ्ज्याङमा रहेको भालेढुङ्गा स्तरोन्नतिलगायतका काम अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ ।

छिमेकी जिल्ला भोजपुरसँगको सिमानामा पर्ने कपासेभञ्ज्याङमा प्रदेश नं १ सरकारको समेत लगानी रहेको त्यहाँका वडाध्यक्ष दीपेन थुलुङले बताए ।

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहीबार  ९ : ४० बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र