गुरुको लागि बलिदान : प्रेरक प्रसङ्ग « Khabarhub

गुरुको लागि बलिदान : प्रेरक प्रसङ्ग


२८ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

त्यो बेलामा मुगलको शासन थियो । गुरु गोविन्दसिंह त्यो बेलामा १६ वर्षका थिए । औरङ्गजेबको आज्ञाले दिल्लीमा गोविन्दसिंहका पिता गुरु तेगबहादुरको नृशंसतापूर्वक हत्या गरिएको थियो । बादशाह औरङ्गजेबलाई यति गरेर पनि सन्तोष भएन । उनले आज्ञा दिए, मृत देहको कुनै प्रकारको संस्कार हुनेछैन । नगरको चौबाटोमा, जहाँ उनको हत्या गरिएको थियो, त्यही सड्नेछ । जसले यो लाश उठाउने त परै जाओस् छुने कोसिस गर्नेछ उसलाई पनि प्राणदण्ड दिइनेछ ।

यसको साथै केही सैनिक त्यहाँ नियुक्त गरिए, ताकि उनको शव कसैले लग्न नसकोस् ।

बाबुको शरीरको अन्त्येष्टि संस्कार चाहेजस्तो भए पनि गर्नु नै पर्नेछ, यो निश्चयको साथै गोविन्दसँग पञ्जाबबाट दिल्लीतिर आए । क्रूर औरङ्गजेबले उनीमाथि कस्तो क्रूर व्यवहार गर्ने हुन्, यसको कुनै ठेगाना थिएन । यसैले मानिसहरु चिन्तित थिए उनको ज्यानको विषयमा र उनीहरु चाहन्थे, गोविन्दसिंहले आफ्नो पिताको अन्तिम संस्कार नगरुन्, तर यो उनलाई कसरी भन्ने ?

तपाईं गुप्त रुपले यही बस्नुस् । हामी गुरुदेवको शरीर यही लिएर आउनेछौ । दिल्ली जानु तपाईंको लागि सही छैन । गोविन्दसिंहलाई यो सान्त्वना दिएर एक गरीब सिख गाडीवालाले आफ्नो छोरालाई साथमा लिएर दिल्ली जाने निश्चय गरे र नगरबाट अलिकति टाढा गोविन्दसिंहलाई बस्न आग्रह गरे । गोविन्दसिंहले उनीहरुको आग्रह स्वीकार गरे ।

बाबु र छोरा दिल्ली आए तथा सोधपुछ गरेर तेगबहादुरको शव पत्ता लगाए । त्यो शवबाट दुर्गन्ध आइरहेको थियो । पहरामा तैनाथ सैनिक धेरै टाढा हटेका थिए र निश्चित भएर कुराकानीमा लागेका थिए । यस्तो धेरै दुर्गन्ध आउनाले मानिसहरु त्यो बाटो हिँड्नै छोडिसकेका थिए ।

त्यहाँ पुगेर बाबुले छोरासँग भने, हामी दुई मध्ये एकले आफ्नो प्राण त्याग गर्नुपर्छ, किनकि यदि यो शवको स्थानमा अर्को शव यहाँ ढाकेर राखिएन भने पहरामा तैनाथ औरङ्गजेबका सैनिकको नजर पर्ने बित्तिकै सिखको एकमात्र आधार बालक दसौँ गुरुलाई खोज्न निस्कनेछन् । तिमी युवक छौ र तिम्रो शरीर सबल छ । गुरुको यो शरीर बोकेर तिमीले सजिलै लग्न सक्नेछौ, यसैले मलाई मर्न देऊ ।

छोराले केही भन्नु अगाडि नै बाबुले आफ्नो छुरी छातीमा रोपे र त्यही ढले, छोराले बाबुको लाश त्यही माटोमा सुताएर ढाकिदिए र गुरु तेगबहादुरको शरीर काँधमा राखेर हिँडे ।

गोविन्दसिंहले छोरालाई एक्लो आएको देखेर उसको बाबुको बारेमा सोधे तब उनका आँखाबाट आँसु बग्न थाल्यो । जब सारा कुरा गोविन्दसिंहले थाहा पाए तब उनको आँखा पनि भरियो । यो बलिदानप्रति उनी नतमस्तक थिए ।

साभारः ‘महान् व्यक्तिका प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहीबार  ९ : २९ बजे

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन– सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै जिल्लाका

उफ् ! फिल्म पनि कति फ्लप भएका ?

काठमाडौं-फिल्म चलेनन् पनि के भन्नु ? गनिएका, मानिएका, कहलिएका, हेन्डसम,

तीनदीनसम्म देशभर मौसम सक्रिय नरहने

काठमाडौं– हाल तीनदीन सम्म देशभर मौसम सक्रिय नरहने जल तथा

२४ घण्टामा विपद्का ४९ घटना : तीन जनाको मृत्यु, १९ घाइते

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर मनसुनजन्य विपद्का ४९ वटा घटना

बिहानैबाट खोज्न थालियो भोटेकोसीमा चालकसहित बेपत्ता गाडी

काठमाडौं–  शनिबार भोटेकोसी नदीमा चालकसहित खसेको गाडीको बिहानै देखि खोजी