प्रदूषण उच्च भएपछि दिल्लीमा लकडाउनको तयारी, कर्मचारीले घरबाटै थाले काम « Khabarhub

प्रदूषण उच्च भएपछि दिल्लीमा लकडाउनको तयारी, कर्मचारीले घरबाटै थाले काम


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- दिल्लीमा प्रदूषणको तह उच्च भएपछि लकडाउनको तयारी भएको छ । सम्पूर्ण विद्यालय र निर्माण कार्य बन्द भएका छन् । त्यस्तै, सरकारी कर्मचारीले घरबाटै काम गर्न थालेका छन्  ।

पछिल्लो एक सातादेखि राजधानी नयाँ दिल्लीलाई प्रदूषणले ढाकेपछि दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले सो घोषणा गरेका हुन् ।नयाँ व्यवस्थाअनुसार अब सरकारी कर्मचारीले सात दिनसम्म घरबाटै काम गर्दैछन् । त्यस्तै, धुलो र प्रदूषणको मुख्य कारक मानिएका निर्माणसम्बन्धी कार्य १७ नोभेम्बरसम्म बन्द हुने भएका छन् ।

प्रदूषण नियन्त्रण गर्न केन्द्र र दिल्ली सरकारका नाममा सर्वोच्च अदालतले आपत्कालीन कदम चाल्न आदेश दिएपछि मुख्यमन्त्री केजरीवालले प्रदूषण रोक्न विभिन्न योजना ल्याएका हुन् । सरकारले प्रदूषण नियन्त्रण गर्न आवश्यक परे लकडाउनसम्म गर्ने तयारी छ ।

‘सोमबारदेदिख बिद्यालयहरु भौतिक रुपमा सञ्चालन हुने छैनन्, ताकी विद्यार्थीले प्रदूषित वायु लिन नपरोस । आईतबारदेखि चार दिनसम्म कुनै पनि निर्माणजन्य कार्य हुनेछैन्, ’ केजरीवालले भने ।

त्यस्तै, निजी कार्यलयका कर्मचारीलाई पनि सम्भव भएसम्म घरबाटै काम गर्न मुख्यमन्त्री केजरीवालले निर्देशन दिएका छन् । पछिल्लो एक सातादेखि दिल्लीलगायत गुरगाउँ, नोडिया, गाजियाबादमा प्रदुषणले हद नाघेको छ ।

केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार शनिवार साँझ साढे ६ बजे दिल्लीको औषत वायु गुणस्तर सूचांक ४२७ पुगेको थियो । सामान्यतया शून्यदेखि ५० सम्मको वायु गुणस्तर सूचांकलाई वातावरणका दृष्टिले उपयुक्त मानिन्छ ।

वायु गुणस्तर सूचांक ४०० भन्दा बढी हुनुलाई प्रदूषणको तह खतरनाक अवस्थामा पुगेको भन्ने बुझिन्छ । यस्तो प्रदूषणले फोक्सोको क्यान्सरलगायत मुटु र श्वासप्रश्वासजन्य समस्या उत्पन्न हुने विज्ञहरू बताउँछन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ८ : १० बजे

चोरी भएका दुईपाङ्ग्रे साधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरीले चोरी भएका र हराएका मोटरसाइकल तथा

झगडा छुट्याउन छाडेर खिच्छन् भिडियो, मर्दै गएको हो नेपाली समाजको मानवीयता ?

काठमाडौं- चैत २५ गते ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा ललितपुर

पैठारी गरिने वस्तुमा एमआरपी अनिवार्य, १५ दिनभित्र कार्यान्वयन नगरे कारबाही गरिने

काठमाडौं– सरकारले विदेशबाट पैठारी भई नेपालमा बिक्री वितरण हुने सम्पूर्ण

‘जनताले खबरदारी गर्न छोडेका दिन नयाँ दल पनि बिग्रिन्छन्’

नेपालमा राजनीतिक उथलपुथल गर्दै २०८२ बितेको छ। वर्ष २०८२ ले

आगामी बजेटमा दलित महिला तथा सीमान्तकृत बालबालिकाका मुद्दा समेट्न माग

काठमाडौं– दलित महिला सङ्घ (फेडो) ले आगामी आर्थिक वर्ष २०८२/८३