नेपालसहित १० देश कोरोनाको ‘उच्च जोखिम’ मा :  कतार « Khabarhub

नेपालसहित १० देश कोरोनाको ‘उच्च जोखिम’ मा :  कतार


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : नेपाली कामदारको श्रम गन्तब्य रहेको कतारले नेपालसहित १० देशलाई कोरोना (कोभिड-१९ ) को उच्च जोखिम ‘रेड लिष्ट’ को सूचीमा राखेको छ ।

नोभेम्वर १५ तारिखदेखि लागू हुनेगरी  नेपाल, बंगलादेश, ईजिप्ट, भारत, ईण्डोनेशिया, पाकिस्तान, फिलिपिन्स, श्रीलंका, सुडान तथा दक्षिण सुडानलाई रेड लिष्टमा रहेको कतारको स्वास्थ्य मन्त्रालयलाई उद्रित गर्दै गल्फ टाइम्सले जनाएको छ । नयाँ सूचीअनुसार १ सय ८१ मुलुकहरु हरियो सूचीमा परेका छन् ।

यस्तै, कतारमा पछिल्लो २४ घण्टामा १३७ जनामा नयाँ संक्रमण भेटिएको छ । यो संगै कतारमा कोरोना सङ्क्रमितको संख्या २ लाख ४० हजार ९६५ पुगेको  स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस अवधिमा १ सय ४२ जना उपचारपछि निको भएर घर फर्किएसँगै संक्रमण मुक्त हुनेको सङ्ख्या २ लाख ३८ हजार ७१७ पुगेको छ ।  संक्रमणबाट अहिलेसम्म ६ सय ११ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म कतारमा १ हजार ६ सय ३७ वटा ‘एक्टिभ’ केस रहेका छन् भने ८४ जना यहाँको विभिन्न अस्पतालहरुमा उपचार गराइरहेका छन् । तीमध्ये ११ जनाको आईसीयूमा उपचार भइरहेको छ ।

अहिलेसम्म कोरोनाले कतारमा २४ नेपाली श्रमिकले ज्यान गुमाएको दोहास्थित नेपाली दूतावासले जनाएको छ । अहिलेसम्म कतारमा ४८ लाख ७६ हजार ७७८ डोज खोप वितरण गरिसकिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ८ : ५० बजे

कांग्रेस विशेष महाधिवेशन बन्दसत्रको अध्यक्षता ज्येष्ठ सदस्य श्यामकुमारले गर्ने

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र सुरु

बैतडीमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु

बैतडी– बैतडीको जयपृथ्वी राजमार्ग अन्तर्गत पाटन नगरपालिका–८ साँडीघाँटीमा जीप दुर्घटना

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।