जटामसीको प्रयोग कसरी गर्ने, यसले के फाइदा गर्छ? « Khabarhub

जटामसीको प्रयोग कसरी गर्ने, यसले के फाइदा गर्छ?


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

१.तलैदेखि पात पलाउने, राता तथा खैरा प्रशस्त रेसाहरूको काण्ड छोपिएको यो एक महत्त्वपूर्ण वनस्पति हो । यसको फूलको रङ्ग गुलाबी सेतो हुन्छ र फूलहरू एउटै झुप्पोमा फुल्दछन् । यसको उपयोगी अङ्ग भनेको काण्ड हो ।

जटामसीको जरालाई नटुटाइकन काण्डहरु निकाली पानीमा राम्रोसँग सफा गर्ने । त्यसपछि छायाँमा राम्रोसँग सुकाउने अनि आवश्यक मात्रालाई कुट्ने । यसरी कुटेर तयार पारिएको ३-४ ग्राम जटामसीको धुलोमा थोरी बीरेनुन, भुटेको जिरा, ज्वानोलाई पिसेर मनतातो पानीसँग सुत्नुभन्दा आधा घण्टा पहिले दिनहुँ दुई तीन पटक सेवन गर्नाले अनिन्द्रा हट्छ । खानामा रुचि बढ्छ ।

२.जटामसीको जरालाई हल्का पिसेर पानीमा १२ घण्टा भिजाएर मिचमाच गरी छानेर खानाले गर्दा सर्दी नास गर्छ । पिसाबको मात्रा बढाउँछ ।
३.३-४ ग्राम जटामसी चूर्णमा एक दुई चम्चा मह मिलाई एक गिलास दुधसँग सेवन गर्नाले मस्तिष्क तथा नाडी तन्तुहरुलाई तागत दिन्छ । मनको चञ्चलता हटाउँछ ।

४.यो औषधि रक्त चापका रोगीहरुको लागि उपयोगी छ । उन्माद (बौलाहपन), छारेरोगका रोगीहरुको लागि पनि यसको प्रयोगले राम्रो फाइदा गर्छ ।

५.जटामसी चूर्णमा थोरै मह वा चिनी र कागतीको मिश्रण गरी लेप बनाउने । उक्त लेपलाई कपाल, अनुहारमा लगाई मनतातो पानीले सफा गर्नाले कपाल र मुहारलाई सुन्दर र आकर्षक बनाउँछ ।

साभार : ‘हाम्रो घरको डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ६ : ५४ बजे

आफ्ना लागि ३० लाख धरौटी बसिदिएका मनोहरलाई रविले बनाए रास्वपा कोषाध्यक्ष

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो सहकारी

टी ट्वान्टी क्रिकेट : नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित

काठमाडौँ- अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो पहिलो खेलमा

राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट

वाशिङ्टन- संयुक्त राज्य अमेरिकाले आगामी ९० दिनसम्म तीन लाख टनसम्म

झुर एनिमेसनलाई दर्शकले मन पराएपछि ‘नियु लाइ’ बन्यो सुपरहिट

बेइजिङ- कमजोर दृश्य र अस्वाभाविक पात्रका कारण सामाजिक सञ्जालमा मजाक