निवासबाटै १० इजलास गठन गरेर सर्वोच्च छिरे प्रधानन्यायाधीश « Khabarhub

निवासबाटै १० इजलास गठन गरेर सर्वोच्च छिरे प्रधानन्यायाधीश


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आज पनि वैकल्पिक गेटबाट अदालत प्रवेश गरेका छन् ।

नेपाल बार एसोसिएशनको धर्ना छलेर अदालतको अर्को गेटबाट उनी प्रवेश गरेका हुन् ।

केहिबेरअघि उनले बालुवाटारस्थित प्रधानन्यायाधीश निवासबाटै आफूबाहेकका १० वटा इजलास गठन गरेका छन्।

बारले सर्वोच्च प्रवेश गर्न नदिने भन्दै मुल गेटमा धर्ना दिएपछि जबराले इजलास गठन गरेर मुद्दाको पेसी तोकेका हुन् ।

उनले एउटा एकल र नौवटा संयुक्त इजलासका लागि २७२ मुद्दाको पेसी तोकेका छन् । नेपाल बार एसोसिएसनको धर्नाका बीच पनि जबराले पेशी तोक्न छोडेका छैनन् ।

असन्तुष्ट अधिक‌ांश न्यायाधीशहरूले बारले बहस बहिष्कार जारी राखेसम्म इजलासमा नबस्ने बताउँदै आएका छन् ।

अदालत परिसरमा आज पनि नेपाल प्रहरी र सशस्त्र प्रहरी दुबैतिरबाट ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित छन् ।

जबरालाई अदालत प्रवेश गर्नबाट रोक्न भन्दै कानून व्यवसायीहरु बिहान १० बजे अघिदेखि नै सर्वोच्चमा जम्मा हुन थालेका थिए ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  १० : ५० बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र