भोकभोकै मर्न तयार छौँ, राणाविरूद्धको आन्दोलन रोकिन्न : सर्वोच्च बार अध्यक्ष शाक्य « Khabarhub

भोकभोकै मर्न तयार छौँ, राणाविरूद्धको आन्दोलन रोकिन्न : सर्वोच्च बार अध्यक्ष शाक्य


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मुख्य गेटमा अवरोधकाबीच प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वोच्च अदालतमा प्रवेश गरेपछि कानून व्यवसायी अझ आक्रोशित भएका छन् ।

शुक्रबारकै शैली अपनाउँदै प्रधानन्यायाधीश जबरा ठूलो सुरक्षा घेराबीच बैकल्पिक गेटबाट प्रवेश गरेपछि कानून व्यवसायी अझ आक्रोशित बनेका हुन् ।

कानून व्यवसायीहरुले राणाको बहिर्गमन नभएसम्म बरू भोकभोकै रहने तर आन्दोलन नरोकिने अडान दोहोर्‍याएका छन् ।

‘मुल गेटमा धर्ना भनेको अर्को गेटबाट प्रवेश दिएको होइन । उहाँले चोरबाटोबाट प्रवेश गर्नुभएको छ’, सर्वोच्च बार एशोसिएनका अध्यक्षसमेत रहेका वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले भने, ‘यसको बैधता छैन ।’

तीन सातादेखिको आन्दोलन अब राणाको वहिर्गमनपछिमात्रै रोकिने उनले जनाए । ‘हामी भोकभोकै मर्न तयार छौँ, अब वारपार नभइ यो आन्दोलन रोकिन्न’, उनले भने ।

नेपाल बार एशोसिएनका महासचिव लीलामणि पौडेलले भने राणाको समर्थनमा भइरहेको प्रदर्शनको चर्को विरोध गरेका छन् ।

‘दैनिक हाजिर गरेर खटाइएका २ हजार रुपैयाँका भाडाका टट्टुहरु माइतीघरमा कराइ रहेका छन् । त्यसले हुनेवाला केही छैन’, उनले भने, ‘राणाले राजीनामा दिने समय घर्किसक्यो ।’

प्रधानन्यायाधीश  जबराविरूद्ध जारी आन्दोलनलाई बार एशोसिएसन आजदेखि देशव्यापी बनाएको छ ।

यसअघि सर्वोच्च अदालत, विशेष अदालत र काठमाडौं उपत्यकास्थित अदालतमा कालोपट्टी बाँधेर आन्दोलन हुँदै आएकामा आजदेखि आन्दोलन देशभर विस्तार गरिएको हो ।

बारको आन्दोलनका कारण काभ्रे र उपत्यकाभित्रका सबै जिल्ला अदालत, न्यायाधीकरण, विशेष अदालतमा मध्याह्न १२ बजेसम्मका मुद्दा सुनुवाइ  प्रभावित भएको छ । बारले १४ कात्तिकदेखि प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलनमा छ ।

इजलास तोक्दा ‘अटोमेसन’ वा ‘गोलाप्रथा’ लागू गर्न अनिच्छा देखाएका जबराले न्याय निरूपण गर्दा ‘मोलहिज्जा’ गरेको, न्यायालय सुधारमा लाग्नको साटो सत्ता सञ्चालनमा समेत भागवण्डा खोजेर जेठानलाई नै मन्त्री बनाएको जस्ता आरोप लागेको छ । त्यसैको विरोधमा न्यायिक वृत्त नै जबराको विपक्षमा छ ।

 

 

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ११ : २० बजे

आज साउन महिनाको पहिलो सोमबार, पशुपतिनाथमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– आज साउन महिनाको पहिलो सोमबार । सौरमासअनुसार साउनको पहिलो

केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९सोमबार०का लागि विदेशी मुद्राको

विश्वकप फाइनलमा पराजित भएपछि स्पेनिस खेलाडीमाथि अर्जेन्टिनी खेलाडीको हातपात

काठमाडौँ – फिफा विश्वकप २०२६ को फाइनल खेल सकिएलगत्तै मैदानभित्रै

विश्वकप उपाधि गुमाएपछि रोकिएनन् मेसीका आँसु

काठमाडौँ – फिफा विश्वकप २०२६ को उपाधि भिडन्तमा स्पेनसँग १–०