उच्च अदालत जनकपुरमा कानून व्यवासायीहरूको धर्ना « Khabarhub

उच्च अदालत जनकपुरमा कानून व्यवासायीहरूको धर्ना


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै उच्च अदालत जनकपुरको मुल गेटमा नेपाल बार एसोसिएसन जनकपुरका पदधिकारीहरूले धार्ना दिएका छन् ।

नेपाल बार एसोसिएसन जनकपुरका अध्यक्ष अधिवक्ता किशोरी साहको नेतृत्व कानून व्यवसायीहरूले आइतबार बिहान ११ बजेदेखि धर्नामा बसेका हुन् ।

‘न्यायपालिकामा शुद्धीकरणको लागि धर्ना कार्यक्रम’ लेखिएको ब्यानरसहित कानून व्यवसायीहरू उच्च अदालतको मुल गेटमै धर्ना दिएपछि उच्च अदालतको कामकारबाही समेत प्रभावित भएको छ ।

नेपाल बार एसोसिएसनले आइतबारबाट आन्दोलनलाई देशव्यापी बनाउँदै जाने निर्णयअनुसार आफूहरूले पनि धर्ना दिएको अभिवक्ता राजकुमार महासेठले बताए । विवादमा मुछिएका प्रधानन्यायाधीश जबराले राजीनामा दिन आलटाल गरेपछि बारले आन्दोलन थालेको हो ।

बारले १४ कात्तिकदेखि प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलन गरिरहेको छ। प्रधानन्यायाधीश जबरामाथि विवादास्पद फैसला गरेको, संवैधानिक नियुक्ति र कार्यपालिकामा हिस्सा खोजेको, न्यायालयभित्र भ्रष्टाचारलाई प्रश्रय दिएको तथा बिचौलियासँग साँठगाँठ गरेको लगायतका गम्भीर आरोप बार लगाउँदै आएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  १२ : ३७ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र