बढ्न थाल्यो पर्यटकीय चहलपहल, एक महिनामा २३ हजार विदेशी आए | Khabarhub Khabarhub

बढ्न थाल्यो पर्यटकीय चहलपहल, एक महिनामा २३ हजार विदेशी आए


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरस संक्रमणले ओरालो लागेको पर्यटन क्षेत्रमा केही सुधार देखिन थालेको छ ।

२०७६ चैत्रबाट मुलुक लकडाउन भएसँगै पर्यटन क्षेत्र ढप्प भएको थियो । लकडाउनले असर पारेको झन्डै दुई वर्षपछि पर्यटन क्षेत्रमा सुधार आउन थालेको व्यवसायी बताउँछन् ।

लामो समयको बन्दबन्दीपछि असोज ५ गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले २०७६ को फागुनदेखि रोकिएको विदेशीलाई अनअराइभल भिसा खुला गर्ने निर्णय गरेको थियो ।

यससँगै असोज ७ गतेबाट यो नियम लागू भएको थियो ।

झण्डै १९ महिनापछि शर्तसहित विदेशी पर्यटकलाई नेपाल खुला गरेसँगै सिजनमा विदेशी पर्यटकहरू भित्र्ने क्रम बढ्न थालेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

एक महिनामा २३ हजार पर्यटक भित्रिए

बोर्डको तथ्याङ्कअनुसार गत महिना (अक्टोबर)मा मात्र २३ हजार २ सय ८४ जना पर्यटक हवाइमार्ग हुँदै नेपाल भ्रमणमा आएका थिए । यो संख्या लकडाउन यताकै धेरै हो ।

यसअघि सन् २०१९ अक्टोबरमा १ लाख ३४ हजार ९६ पर्यटक नेपाल भ्रमणमा आएका थिए । त्यस्तै सन् २०२० को अक्टोवरमा २ हजार २५ जना विदेशी नेपाल भित्रिएका थिए ।

बोर्डका निर्देशक मणिराज लामिछानेकाअनुसार अप्रिल र अक्टोबर महिनामा पर्यटकको संख्या बढेको छ भने अन्य महिना घटेको छ ।

अप्रिलमा नेपालमा २२ हजार ४ सय ५० जना विदेशी भित्रिएका थिए ।

तथ्याङ्कअनुसार पर्यटक भित्रिने मुख्य सिजन मध्येको पहिलो सिजन अप्रिलमा पर्यटकको आवागमन बढेको देखिन्छ । त्यस्तै दोस्रो सिजनमा पर्ने अक्टोवरमा पनि आवगमनको संख्या सबैभन्दा धेरै छ ।

सन् २०२० को जनवरीमा ८ हजार ८ सय ७४, फेब्रुअरीमा ९ हजार १ सय ४६, मार्चमा १४ हजार ९ सय ७७, अप्रिलमा २२ हजार ४ सय ५०, मे मा १ हजार ४ सय ६८, जुनमा १ हजार एकसय ४३, जुलाईमा २ हजार ९ सय ९१ पर्यटक हवाइमार्ग हुँदै भ्रमणमा आएका थिए ।

त्यसैगरी अगष्टमा ५ हजार ९ सय १७ र सेप्टेम्बरमा ९ हजार ८ सय ९८ जना विदेशी भित्रिएको बोर्डका निर्देशक लामिछाने खबरहबलाई बताए ।

सन् २०२० मा २ लाख ३० हजार पर्यटक नेपाल आएका थिए । समग्रमा हेर्दा सन् २०२१ को अक्टोबरसम्ममा १ लाख १ सय ४८ जना आएको बोर्डले जनाएको छ ।

यसअघि वार्षिक ११ लाखसम्म विदेशी पर्यटक नेपाल भ्रमणमा आउने गर्थे ।

आउने सिजनमा ५० प्रतिशत पर्यटक भित्रने अपेक्षा

पर्यटकको आवगमन शुरु भएसँगै होटल व्यवसायीहरूमा पनि उत्साह देखिन थालेको छ । अहिले बाह्य पर्यटकहरूले होटल बुकिङ गर्ने क्रम शुरु भएको होटल एसोसिएसन अफ नेपाल (हान) ले जनाएको छ ।

‘पर्यटकीय क्षेत्रतिर पर्यटकको आवगमन बढेको छ अहिले २० प्रतिशतसम्म होटलहरू बुकिङ भइरहेका छन्’ हानका महासचिव साजन शाक्य भन्छन् ।

कोरोना भाइरस संक्रमणदर कम भएसँगै पर्यटकीय क्षेत्रहरूमा अहिले आन्तरिक पर्यटकको भीड बढेको शाक्य बताउँछन् ।

‘आन्तरिक पर्यटकहरूको चहलपहलले पनि केही उत्साहित छौँ’ शाक्यले खबरहबसँग भने, ‘शुक्रबार र शनिबार ९० प्रतिशतसम्म होटल बुकिङ भइरहेको अवस्था छ ।’

लामो समयदेखि घरमै बसेकाहरू संक्रमण कम भएसँगै घुमफिरका लागि निस्किएका छन् ।

दशैँ तिहार छठ लगायत चार्डपर्वको बिदामा नगरकोट, पोखरा, सौराहा, मनाङ, मुस्ताङ लगायत पर्यटकीय क्षेत्र आन्तरिक पर्यटकले भरिभराउ बनेका छन् ।

आन्तरिकसँगै बाह्य पर्यटकको आवगमन बढाउन सरकारले तयारी गर्नुपर्ने उनी बताउँछन् ।

‘सरकार तथा सम्बन्धित निकायले यो विषयमा अन्तर्राष्ट्रिय स्तरमा मार्केटिङ गर्नुपर्छ । नेपालका पर्यटकीय गन्तव्यलाई समेटेर एप बनाउनुपर्छ’ महासचिव शाक्यले भने ।

कुन गन्तव्यका लागि कति पैसा लाग्छ भनेर विस्तृतमा राख्न सकेमा बाह्य पर्यटकलाई सहज हुने उनको भनाइ छ । कोरोनाको संक्रमण नियन्त्रण हुँदै गएमा थलिएको पर्यटन क्षेत्र तंग्रने व्यवसायीको अपेक्षा छ ।

यही रफ्तारमा पर्यटकको संख्या बढ्दै गए सन् २०२२ मा नेपालमा पर्यटकीय गतिविधि धेरै हुने शाक्यको अपेक्षा छ । सन् २०२२ सँगै मार्चबाट पर्यटनको नयाँ सिजन शुरु हुन्छ ।

‘केही महिनाअघि मात्र पर्यटक नेपाल आउने ढोका खुलेको छ । अब २०२२ को मार्चबाट नयाँ सिजन शुरु हुँदैछ कम्तीमा ५० प्रतिशत पर्यटक भित्रन्छन् भन्ने लाग्छ,’ उनले भने ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  १ : १९ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं– सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न अस्वीकार

बिहारको एक होटलमा आगलागी हुँदा ६ जनाको मृत्यु

काठमाडौं– भारतको बिहार राज्यको पटनामा एक होटलमा आगलागी हुँदा ६

नक्कली भुटानी शरणार्थी प्रकरण : थुनामा रहेका प्रतिवादीको निवेदनमाथि सुनुवाइ सकियो

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका टोपबहादुर रायमाझी सहितका

एकीकृत समाजवादीका नेता विजय पौडेलले डुबाए माइलस्टोन सहकारी

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) उपमहासचिव डा. विजयकुमार पौडेल संस्थापक

बागमतीमा बोलिने सबै भाषाभाषीको संरक्षण हुन्छ : मन्त्री श्रेष्ठ

सिन्धुली– बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन