पौडेलले देउवालाई भने : सुतुरमुर्गा शैलीमा कति दिन मुन्टो लुकाउने ? « Khabarhub

पौडेलले देउवालाई भने : सुतुरमुर्गा शैलीमा कति दिन मुन्टो लुकाउने ?


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पार्टी कार्यालयमा बैठक गर्न नसकी भागेको बताएका छन् । आइतबार बुढानिलकण्ठमा जारी केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो धारणा राख्दै पौडेलले पार्टी कार्यालय सानेपामा कार्यकर्ता अनसन बसेकाले भागेर बुढानिलकण्ठमा आउनुपरेको बताए ।

उनले बैठकमा भने, ‘रौतहटका कार्यकर्ता ११६ दिनदेखि अनसन बसेका छन्। सोही कारण हामी भागेर बुढानिलकण्ठमा बैठक बसेका छौं। सानेपाबाट भाग्नु परेको छ। हामी कसरी अघि बढ्ने हो ? तपाइँकै जिल्ला डडेल्धुराका मान्छे सानेपामा बसेका छन्। मैले भनेर हुने होइन तपाईंको जिल्लाको कुरा हो मैले छोएर हुने होइन।’

पार्टी कार्यालयमा कार्यकर्ता अनसन बसेपछि सभापति देउवा सानेपा जान छाडेका छन् । यही विषयमा वरिष्ठ नेता पौडेलले सभापति देउवामाथि प्रश्न उठाएका हुन् । उनले भने, ‘पार्टीको कार्यालाय छोडेर हिड्न पर्ने अवस्थाको अन्त्य गर्ने कि नगर्ने ? अनसन अन्त्य गर्ने कि नगर्ने ? सुतुरमुर्गा सैलीमा मुन्टो लुकाएर कति दिन हिँड्ने ? अवस्था सुधार्ने कि नगर्ने ? जिल्लाबाट गुनासो लिएर सानेपामा कार्यक्रता आँउछन् गुनोसो कसले सुनिदिने ? हामी सबै यहाँ बसेअ छौँ । यी समस्या कसरी टुंगो लगनउने ? समस्या समधान नगरी कसरी प्रस्ताव पास हुन्छ ? पास पास मात्र भनेर हुन्छ ?’

क्रियाशील सदस्यता विवादका कारण सानेपामा अनसन जारी छ । तर, संस्थापन पक्षबाट अनसन तोडाउने प्रयास भएको छैन ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ६ : १८ बजे

प्रशिक्षकले सन ह्युङ मिनको नाममा खेलेको ‘जुवा’, जसले डुबायो दक्षिण कोरियालाई

मोन्टेरे, मेक्सिको- दक्षिण कोरियाले बुधबार दक्षिण अफ्रिकाविरुद्ध पराजय मात्र टारेको

नाटोमाथि इरानले लगायो यस्तो आरोप

काठमाडौं- इरानले नाटोमाथि आफूविरुद्धको अमेरिका–इजरायल युद्धमा प्रत्यक्ष संलग्न भएको आरोप

केन्द्रीय सदस्यको मतगणना जारी, दुई घण्टाभित्र नतिजा आउने 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

नेप्से परिसूचक आठ अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज पनि

संविधानमै ग्यारेन्टी खोजेको रास्वपाले आफ्नै चुनावमा लागु गर्न सकेन ‘नो भोट’

काठमाडौं- स्थापनाकालबाटै संविधानमा ‘नो भोट’ राखिनुपर्ने वकालत गर्दै आएको राष्ट्रिय