मध्यपुर थिमीस्थित शंखधर पार्कको उद्घाटन « Khabarhub

मध्यपुर थिमीस्थित शंखधर पार्कको उद्घाटन


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नगर–नगर साझेदारी कार्यक्रम अन्तर्रगत काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा मध्यपुर थिमीस्थित शंखधर चोकमा निर्माण भएको शंखधर पार्कको आइतबार उद्घाटन भएको छ ।

पार्कको उद्घाटन काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले गरेका हुन्। उद्घाटनपछि सम्वोधन गर्दै उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहेका मेयर शाक्यले उपत्यकाका १२ वटा नगरपालिकालाई ती नगरपालिका क्षेत्र भित्र धार्मिक तथा पर्यटकीय पार्क तथा बहुदेश्यीय उद्यान निर्माणका लागि सहयोग गर्दै आएको जानकारी दिए।

‘शंखधर पार्क पनि त्यहि मध्येको एक हो,’ शाक्यले भने, ‘काठमाडौँ महानगरपालिकाले २०७७–०७८ को स्वीकृत नीति तथा कार्यक्रम बमोजिम नगर–नगर साझेदारी कार्यक्रम अन्र्तरगत धार्मिक तथा पर्यटकीय पार्क तथा बहुदेश्यीय उद्यान निर्माणका लागि आर्थिक सहयोग गर्दै आएका छौँ । आज काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा यो पार्क निर्माणपछि उद्घाटन गर्ने चरणमा पुग्दा खुशी लागेको छ ।’

उनले काठमाडौँ महानगरपालिका सबै भन्दा पुरानो र साँस्कृतिक स्थानीय तह भएकाले अन्य नगरपालिकालाई पनि सांस्कृति सम्पदा संरक्षण र धार्मिक तथा पर्यटकीय पार्क निर्माणका लागि सहयोग गर्दै आएको बताए।

‘ मध्यपुर ठिमी नगरपालिकाको वडा नम्बर–४ मा निर्माणधिन शंखधर पार्क निर्माणका लागि पनि काठमाडौँ महानगरपालिकाले दुई करोड सहयोग गरेको छ,’ उनले भने, ‘यो सहयोगबाट यस्तो सुन्दर पार्क बन्दा खुशी लागेको छ ।’

प्रमुख शाक्यले सम्पदा, पर्यटन र पर्यापर्यावरणलाई ध्यानमा राखेर सहयोग गरेको स्मरण पनि गराए। ‘काठमाडौँमा मानव निर्मित सम्पदा छन् । उपत्यका सम्पदा नै सम्पदाले भरिएको छ । विश्व सम्पदा सूचिमा सूचिकृत चार ओटा सम्पदा त काठमाडौँ महानगरपालिका भित्रै छन्,’ उनले भने, ‘उपत्यका बाहिरका धेरै नगरपालिकामा हेर्ने हो भने प्रकृति निर्मित सम्पदा छन् । हामी यी दुईबीचको सम्वन्ध स्थापना गर्ने र आन्तरिक र वाह्र पर्यटन प्रर्वद्ध गर्ने उद्देश्यले उपत्यका बाहिरका पालिकासँग पनि भगिनी सम्बन्ध स्थापना गर्दै आएका छौँ ।’

उनले उपत्यका बाहिरका पनि सात प्रदेशमा पहिलो चरणमा सात पालिकासँग भगिनी सम्बन्ध स्थापनाको गर्ने लक्ष्य लिएको बताए । अहिलेसम्म काठमाडौँ महानगरपालिकाले पाँच ओटा प्रदेशका पाँच पालिकासँग भगिनी सम्वन्ध स्थापना गरिसकेको छ ।

कर्यक्रमलाई सम्वोधन गर्दै मध्यपुर थिमी नथरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले काठमाडौँ महानगरपालिकाको उक्त सहयोगबाट करीब १९ रोपनी क्षेत्रफलमा पानीको झरना, झुण्डिएको बगैँचा, ढुंगेधारा, डवली, वाकिङ रोड निर्माण भएको बताए ।

काठमाडौँ महानगरपालिकाको दुई करोड र मध्यपुर थिमीको चार करोड गरी जम्मा ६ करोडमा उक्त पार्कको निर्माण भएको मेयर श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले भक्तपुर आफ्नो माइती जिल्ला भएको भन्दै कुनै समय फोहोरको पहाड जस्तो देखिने र नाक थुनेर हिड्नु पर्ने यस्तो ठाउँमा पार्क निर्माण हुँदा खुशी लागेको बताइन् ।

खड्गीले काठमाडौँ महानगरपालिकाले पनि संस्कृति, सम्पदा संरक्षणमा हातेमालो गर्दै अघि बढेको बताउदै उनले भनिन्, ‘काठमाडौँ महानगरको विकासका लागि मेयरज्युर हाम्रो कतै विवाद छैन, केही विवाद भए हामीले आन्तरिक रुपमै हल गर्दै अघि बढेका छौँ ।’

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ६ : २९ बजे

निराशाजनक सिजनसँगै आर्ने स्लटले लिभरपुल छाडे

लण्डन– इंग्लिस क्लब लिभरपुलले मुख्य प्रशिक्षक आर्ने स्लटले तत्काल प्रभावबाट

बजेटमा शिक्षा : पूर्वाधार विकास, नीतिगत सुधार र सुशासनमा नयाँ आशा

काठमाडौं– आगामी आर्थिक वर्षका लागि नेपाल सरकारले ल्याएको बजेटले शिक्षा

काठमाडौं महानगरका एक हजारभन्दा बढी सहकारी सम्पर्कबाहिर

काठमाडौं– काठमाडौं महानगरपालिकाभित्र सञ्चालनमा रहेका एक हजार १८६ वटा संस्था

सगरमाथा दिवसमा मस्कटमा शान्ति पदयात्रा

काठमाडौं– ओमानस्थित नेपाली राजदूतावासले सगरमाथा दिवसका अवसरमा मस्कटको कुरुम समुद्र

खोटाङमा पर्यावरण संरक्षण अभियान सुरु

खोटाङ– यस क्षेत्रमा रहेका जैविक विविधताको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन