पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध एकीकृत समाजवादी र माओवादी निकट विद्यार्थीको सिलिण्डर बोकेर प्रदर्शन (भिडियो) « Khabarhub

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध एकीकृत समाजवादी र माओवादी निकट विद्यार्थीको सिलिण्डर बोकेर प्रदर्शन (भिडियो)


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनहरु काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् ।

आइतबार काठमाडौँको प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पस अगाडि सत्तारुढ दल निकटका विद्यार्थी संगठनले ग्यास सिलिण्डर बोकेर बिरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले राजीनामा माग गरेका छन् ।

‘मलाई किन यति अमूल्य बनायौ?, गरिब जनताको घरमा म कसरी बल्ने?’ लगायतका नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

उनीहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि खारेज गर, मूल्यबृद्धि नियन्त्रण गरलगायतका नारा लगाएका थिए । बिरोध प्रर्दशनपछि नेपाल एकीकृत समाजवादी निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले निगमको निजी स्वार्थका कारण मूल्यबृद्धि गरेको आरोप लगाए । उनले तत्काल मूल्यबृद्धि फिर्ता लिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै निगम भित्रको भ्रष्टचारको छानविन गर्न माग गरे ।

त्यस्तै अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले पेट्रोलियम पदार्थको मूल्यवृद्धि स्वीकार नभएको भन्दै मूल्यबृद्धि फिर्ता नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिइन् ।

नेपाल आयल निगमले बुधबार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर ७५ रुपैयाँले मूल्यवृद्धि गरेको थियो ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ७ : ४५ बजे

३०औँ जनयुद्ध दिवस रुकुमपूर्वमा मनाउँदै नेकपा

रुकुमपूर्व– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रुकुमपूर्वमा ३०औँ जनयुद्ध दिवस मनाउँदै

विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अस्ट्रेलिया र जिम्बाबेको प्रतिस्पर्धा

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत शुक्रबार तीन खेल हुँदैछन्

सञ्चार मन्त्रालयको दोस्रो त्रैमासिक समीक्षा : पुँजीगत खर्च बढाइनुपर्नेमा जोड

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले पुँजीगत

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

स्थानीयले ४२ थान हतियार बुझाए

गलकोट– स्थानीय प्रशासनको आह्वानअनुरुप यहाँका स्थानीयले इजाजत प्राप्त ४२ थान