विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अस्ट्रेलिया र जिम्बाबेको प्रतिस्पर्धा « Khabarhub

विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अस्ट्रेलिया र जिम्बाबेको प्रतिस्पर्धा


१ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत शुक्रबार तीन खेल हुँदैछन् । शुक्रबार समूह ‘बी’, ‘डी’ र ‘ए’का तीन खेल हुन लागेका हुन् ।

पहिलो खेलमा समूह ‘बी’को अस्ट्रेलिया र जिम्बाबेले प्रतिस्पर्धा गर्दैछन् । पहिलो खेलमा विजयी भएका दुवै टिम दोस्रो जितको खोजीमा हुनेछन् । यो खेल बिहान ११ बजेर १५ मिनेट जाँदा श्रीलंकाको कोलम्बोमा सुरु हुँदैछ ।

दोस्रो खेलमा समूह ‘डी’का क्यानडा र यूएई प्रतिस्पर्धा गर्दैछन् । यो खेल दिउँसो ३ बजेर १५ मिनेटमा भारतको दिल्लीमा हुँदैछ । एकएक खेल खेलेका क्यानडा र यूएई विश्वकपमा जितबिहीन छन् ।

शुक्रबारको अन्तिम खेलमा नेदरल्यान्ड्स र अमेरिका प्रतिस्पर्धा गर्दैछन् । समूह ‘ए’का यी दुई देशको खेल साँझ ७ बजेर १५ मिनेटमा चेन्नईमा सुरु हुँदैछ । नेदरल्यान्डले दुई खेल खेल्दा एउटा जित र एक हारको सामना गरेको छ भने अमेरिका जितबिहीन छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ७ : ५३ बजे

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि

‘अर्नब’को प्रभाव : कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

ताप्लेजुङ– बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली क्षेत्रको

ब्रसेल्समा संयुक्त पर्यटन प्रवर्द्धन कार्यक्रम : सेलरोटी र छोइलामा रमाए पाहुना

काठमाडौँ–  ब्रसेल्सस्थित नेपाली राजदूतावासले भुटान, माल्दिभ्स र श्रीलंकाका राजदूतावाससँगको सहकार्यमा

आँबुखैरेनीमा पहिलोपटक व्यावसायिक सयपत्री फूलखेती

दमौली – तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँका छ जना किसानले सामूहिक रूपमा