देउवालाई सभापति बन्न ४४० मत आवश्यक, ७०२ मत गन्न बाँकी « Khabarhub

देउवालाई सभापति बन्न ४४० मत आवश्यक, ७०२ मत गन्न बाँकी

दोस्रो चरणमा मतदान हुने सम्भावना बढ्यो


२८ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनाको पछिल्लो विवरणअनुसार अहिलेसम्म ३९७७ मतगणना सकिएको छ ।

अहिलेसम्मको पछिल्लो विवरणअनुसार शेरबहादुर देउवाले १९०० र डा. शेखर कोइरालाले १४६७ मत पाएका छन् । देउवालाई सभापति बन्न ४४० मत आवश्यक हुँदा ७०२ मत मात्रै गन्न बाँकी छ।

यस्तै प्रकाशमान सिंहले २९६, विमलेन्द्र निधिले २३० र कल्याण गुरूङले २० मत प्राप्त गरेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

अबको केहिबेरमा अन्तिम मतपरिणाम सार्वजनिक हुनेछ । पछिल्लो मतपरिणाम हेर्दा कसैले पनि पहिलो चरणमा बहुमत ल्याउने सम्भावना देखिएको छैन । पहिलो चरणमै विजयी हुन २ हजार ३४० मत पाउनुपर्छ ।

यो परिणामअनुसार पहिलो चरणमा सभापति जित्ने सम्भावना कम हुँदै गएको छ । कुल ४७४३ महाधिवेशन प्रतिनिधिमध्य ४६७९ मत मात्रै खसेको थियो ।

कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुनेछ । पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिनेछ । पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ८ : २४ बजे

गगन थापाको घोषणा-‘कांग्रेसमा आजदेखि सबै गुट सकिए, अब कुनै समूह छैन’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र रहेका सबै

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन