भारतको स्वास्थ्य संयन्त्रमा व्यापक सुधार | Khabarhub Khabarhub

भारतको स्वास्थ्य संयन्त्रमा व्यापक सुधार


२८ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ठीक एक वर्षअघि युरोप र पश्चिमा देशहरु कोरोना महामारीको सामना गरिरहेका थिए । त्यही समयमा भारत, नेपाल लगायत दक्षिण एसियाली देशमा भने यसको संक्रमण घटिरहेको थियो ।

यी देशका बासिन्दालाई महामारीबाट पूर्ण रुपमा मुक्त भइसकेको भान थियो । त्यसको चार महिना नबित्दै परिस्थिति फेरिइसकेको थियो । भारतमा दैनिक ४ लाखभन्दा बढी संक्रमण पुष्टि हुन थाले भने नेपालमा पनि दैनिक ९ हजारभन्दा बढी कोरोना संक्रमित पुष्टि भएका थिए । अर्कोतर्फ नेपालमा आवश्यकताभन्दा धेरै कम परीक्षण भइरहेको थियो । सोही समय नेपालमा संक्रमण दर ५० प्रतिशत पनि नाघेको थियो ।

एक वर्षपछि नयाँ भेरियन्टका कारण संसार त्रसित छ । यसका बारे थुप्रै अध्ययन भइरहेका छन् । हालै दक्षिण अफ्रिकामा ओम्रिकान भेरियन्ट देखिएपछि फेरि त्यहाँ संक्रमण दर एक्कासी बढ्यो । यो भेरियन्ट विश्वका अन्य देशमा पुरानै शैलीले संक्रमण बढेर अर्को भयावह अवस्थाको सामना गर्नुपर्ने आशंका गरिएको छ  ।

यसका बाबजुद धेरैलाई रहत मिल्ने समाचार यो हो कि, ओम्रिकानका सबै भ्याक्सिनको प्रभावकारितामा केही कमी आए पनि निश्प्रभावी भने कुनै पनि भ्याक्सिन पनि भएको छैन ।

नेपालमा प्रत्यक्ष असर गर्ने भारतको हकमा भने परिस्थिति एक वर्ष अगाडिको भन्दा फरक देखिएको छ । पहिलेको अनुभवका कारण भारत अहिले आफूलाई सुधार गर्दै अघि बढेको छ । ओम्रिकानको नयाँ भेरियन्ट पुष्टि भइसकेपछि अहिले भारत सरकारले तेस्रो लहर आउन नदिनका लागि विगतको भन्दा फरक शैलीको सावधानी अपनाइरहेको छ ।

पुनेको नेसनल इन्यस्टिच्युट अफ भाइरोलोजी (एनआइभी) का ल्याब कर्मचारीलाई कोरोना संक्रमितको जिन स्क्यानीङ गर्न भ्याइनभ्याइ छ । यही अवस्था अन्य ल्याबका कर्मचारीको पनि छ ।   निभमा अहिले बाकसमा प्याक भएर १०० वटा स्वाब आइपुग्छन् ।  ओम्रिकान पत्ता लाग्नुअघिको भन्दा यो जिन स्क्यानिङको दर पाँच गुणाा बढी हो ।

हावा नछिर्ने कोठामा सुरक्षित किसिमले बाकस खोल्ने गरिन्छ । यो स्याम्पललाई नम्बर अनुसार लेबल लगाइएको हुन्छ  । बैज्ञानिकहरुले कुन बिरामीको स्वाब परिक्षण गरिरहेका भन्ने थाहा पाउँदैनन् ।

‘अहिले हामीलाई एकदमै धेरै दबाब परिरहेको छ । हामी एकदम छिटो काम गरिरहेका छौँ, ’ त्यहाँका वरिष्ठ वैज्ञानिक तथा एनआईभीका नेता डा. भृष पोदारले भनेका छन् ।

स्याम्पललाई तयार गर्न केही घन्टा लाग्छ । यसपछि जिन स्क्यानिङ मेसिनमा राखिन्छ । गत वर्षको मार्चमा यस शैलीको मेसिन यहाँ ल्याइएको हो । यो मेसिनले एक प्रकारको डाटा प्राप्त गर्छ । त्यो डाटालाई चीनको उहानमा भेटिएको कोरोना भाइरसको सुरुवाती भेरियन्टसँग र अन्य भरियन्टसँग तुलना गरेर ओम्रिकान हो या होइन भनेर पत्ता लगाइन्छ ।

यस वर्षको शुरुवातमै भारतलाई दोस्रो लहरले नराम्रोसँग प्रहार गर्दा विश्व समुदायले समयमै जानकारी नगराएको भन्दै भारतले आलोचना गरेको थियो । तर, अहिले भारतको स्वास्थ्य संयन्त्रमा धेरै परिवर्तन आएको छ । काम गर्ने शैलीमा पनि यसै किसिमको परिवर्तन भइरहेको छ ।

भारतमा तेस्रो लहर आउन सक्ने सम्भावनालाई कम गर्नका लागि तल्लो तहदेखिको संयन्त्रलाई परिचालित गरिएको छ ।

‘त्यसबाट हामीले धेरै कुरा सिकेका छौँ,’ निभकी निर्देशक प्रिया अब्राहिमले भनिन् ।

‘हामीले बुझिसकेका छौँ कि, जति भाइरसलाई फैलिन दियो, हामीले त्यति नै नयाँ भेरियन्टलाई अवसर दिइरहेका हुन्छौँ । हामी अहिले बढी रक्षात्मक र बढी सचेत छौँ ।’

भारतको विशाल जनसंख्याका कारण सावधानी र सतर्कतामा केही अप्ठेरो भने पक्कै छ ।  अब्राहम अहिले भारतको काम गर्ने शैली अमेरिका र बेलायतको झैँ परिस्कृत शैलीमा भएको बताउँदै जोखिम कम गर्न सबैलाई सचेत गराउन आवश्यक देख्छिन् । उनले यसबारे सावधानी अपनाउन अनुरोध गर्नुपर्ने बताएकी छिन् ।

अब्राहमले तेस्रो लहर आफनै गतिविधिमा निर्भर रहने समेत बताएकी छिन् । अन्य विज्ञले झैँ उनले पनि भ्याक्सिनमा हिच्किचाहट तथा बन्द कोठामा भेला गरिरहे चाँडै नै तेस्रो लहर आउने चेतावनी दिएकी छिन् । भारतका आधाभन्दा बढी वयस्कले पूरै डोज भ्याक्सिन लगाएका छन् । अझै सयौँ मिलियन जोखिममा रहेको विवरणहरू पनि आइरहेका छन् ।

चिकित्सकले तेस्रो लहर फैलिएमा यसले स्वास्थ्य संयन्त्रमा नै गम्भीर संकट ल्याउन सक्ने चेतावनी दिइसकेका छन् ।

‘दोस्रो लहरको समयमा हामीले अस्पतालको क्षमता बढाउन सकेका छैनौँ । त्यो समयको भन्दा अहिले हामीले धेरै गुणा क्षमता बढाइसकेका छौ । तस्रो लहर आएमा  पनि स्वास्थ्य निकायको अवस्था दोस्रो लहरको जस्तो खराब नहुन सक्छ,’ मुम्बईका चिकित्सक डा. स्वप्निल परेख वताउँछन् ।

सरकारी तबरबाटै स्वास्थ्य क्षेत्रलाई व्यापक र फराकिलो बनाइए पनि नागरिकको तर्फबाट सावधानी अपनाउन जरुरी भएको उनी बताउँछन् । उनी पनि तेस्रो लहर आउँछ या आउँदैन भनेर सोध्नुभन्दा आउन सक्छ भनी तयार अवस्थामा बस्नु उपयुक्त भएको बताउँछन् ।

नयाँ दिल्लीको होली अस्पतालमा लामो समय कोभिडका बिरामी थिएनन् । अहिले एकाएक बिरामीको संख्यामा वृद्धि हुन थालेको छ । अस्पतालका प्रमुख सुमित राय दोस्रो लहरमा जस्तै हुन्छ भनेर सोच्नुले निराशातर्फ धकेल्ने भएकाले चिन्तिन हुन आवश्यक नरहेको बताउँछन् । यसका बावजूद सावधानी अपनाउनु र सरकारले पनि स्वाथ्य क्षेत्रलाई तयार गरेर राख्न जरुरी भएको उनको भनाइ छ ।

उनकै अनुसार दोस्रो डोज भ्याक्ससन लगाएकाहरु पनि दोस्रोपटक नै संक्रमित भएको पाइएको छ । यसकारण सबैजना शतर्क हुने समय भने आइसकेको छ ।

दोस्रो लहरभन्दा अहिले त्यो अस्पतालको अवस्था फेरिएको छ । बिरामीलाई छिटो ओसारपसार गर्न र  एक कोठाबाट अर्कोमा लान सकियोस् भन्ने ध्येयले प्रशस्त मात्रामा ट्रलीको संख्या थपिएको छ । त्यसो त यो शहरमा थारै अक्सिजनको कमी देखिएको छ ।

डा.राय अक्सिजनको आपूतीकर्तासँग नियमित फोन सम्पर्क गरिरहेका छन् । दोस्रो लहरको समयमा भारतको दिल्ली लगायत धेरै अस्पतालमा अक्सिजन अभावकै कारण धेरैले ज्यान गुमाउनुपरेको थियो ।

डा. राय सो समयको अवस्थालाई ध्यानमा राख्दै अस्पतालले धेरै अक्सिजन वितरण गरेर सबै अस्पताललाई तयार राख्नु उपयुक्त भएको बताउँछन् । ‘बिरामीहरु बेड खोज्दै एउटा अस्पतालबाट अर्को अस्पताल चाहर्ने अवस्था आउनु हुँदैन ।

यसका लागि तयारी अवस्थामा हामी रहनुपर्छ । तयार हुनका लागि हामीले समय पनि पाएका छौँ,’ डा. राय आफ्ना सहकर्मीलाई भन्छन्, हामीलाई बिरामीहरू बचाउनकै लागि शिक्षा दिइएको हो । आवश्यक स्रोत साधन भएन हामी बिरामीको ज्यान बचाउन सक्दैनौँ र असफल हुन्छौँ ।’

‘चिकित्सक पेशामा आवद्ध भएयताको सबैभन्दा खराब क्षण नै कोरोना भाइरसको दोस्रो लहरको समयमा भोगेको थिएँ,’ नौ महिनाअघिको विकराल र भयावह अवस्था सम्झदै डा. परेख सुनाउँछन् ।

त्यसो त सरकारले धेरै स्थानमा थप तयारी थालेको जनाएको छ । तर, डा. परेख यसमा अझ धेरै सुधार गर्नुपर्नेमा जोड दिन्छन् । उनी भन्छन्, ‘मलाई लाग्छ अहिले हामीले जतिसक्दो धेरै जनालाई भ्याक्सिन लगाउन आवश्यक छ । बढी उमेर भएका तथा शारीरिक रुपमा असक्त र कमजोरलाई बुस्टर डोज पनि दिन जरुरी छ । यसैगरी स्वास्थ्यकर्मी  फ्रन्टलाइनमा काम गर्नेलाई पनि यो आवश्यक छ ।’

‘दोस्रो लहरो समयमा हामीले धेरै जनो गुमायौँ । हामी यसमा मर्माहत पनि छौँ । हामीले बढी तयारी गरेर केही घाटा हुँदैन । यसकारण अहिलेदेखि नै सावधानी अपनाऔँ । स्वाथ्य संयन्त्रलाई अझ फराकिलो बनाऔँ,’ उनी सुझाव दिन्छन् ।

भारत र नेपालमा प्रायः एउटै समयमा लहर देखिएको छ । नेपालमा पनि ओम्रिकानको संक्रमण पुष्टि भइसकेको छ । तसर्थ, समयमै सरकारले पनि स्वास्थ्य संयन्त्रलाई सुधार गरे यो बुद्धिमानी नै ठहरिने छ ।

एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  १० : ५७ बजे

गोरखाको द्रव्यशाह क्याम्पसमा दुना–टपरी गाँस्ने तालिम

गोरखा– गोरखामा रहेको द्रव्यशाह बहुमुखी क्याम्पसले क्याम्पसमा अध्ययनरत छात्राहरुलाई दुना–टपरी

कृषिको आधुनिकीकरण आजको आवश्यकता : लिङ्देन

कैलाली– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कृषिमा आधुनिकीकरण

मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु

काठमाडौं– मनाङ मर्स्याङ्दी जलविद्युत् कम्पनीद्वारा प्रवर्दित १३५ मेगावाट क्षमताको अर्धजलाशययुक्त

अबुधाबीस्थित नेपाली दूतावासमा निर्यात प्रवर्द्धनबारे छलफल

काठमाडौं– आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनलाई विशेष जोड दिने सरकारको

तनहुँको राजापानी सिद्धेश्वर महादेव ओझेलमा

तनहुँ– धार्मिक तथा पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको तनहुँको व्यास