जर्मनीको औद्योगिक उत्पादनमा अप्रत्याशित वृद्धि, अर्थतन्त्रमा सकारात्मक संकेत « Khabarhub

जर्मनीको औद्योगिक उत्पादनमा अप्रत्याशित वृद्धि, अर्थतन्त्रमा सकारात्मक संकेत


२२ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– जर्मनीको औद्योगिक उत्पादन अक्टोबरमा अप्रत्याशित रूपमा बढेको छ । 

फेडरल तथ्यांक संस्था डेस्टाटिसका प्रारम्भिक तथ्यांकअनुसार, कारखाना उत्पादन महिनामा १.८ प्रतिशतले बढेको छ, जुन सेप्टेम्बरमा भएको १.१ प्रतिशत बुद्धिभन्दा बढी हो । विश्लेषकहरूले अपेक्षा गरेका ०.५५ प्रतिशतको गिरावटको सट्टा यो धेरै सकारात्मक नतिजा हो । उत्पादन वृद्धिमा मुख्य योगदान निर्माण र मेसिनरी क्षेत्रले दिएका छन् ।

आईएनजीका अर्थशास्त्री कास्र्टेन ब्रेज्कीले भने,’दोस्रो लगातार महिनामा वृद्धि देखिनु औद्योगिक उत्पादनले अन्ततः तलबाट स्थिर हुँदै आएको संकेत हो ।’

तर अर्थतन्त्र मन्त्रालयले अझै सतर्क रहनुपर्ने बताए । मन्त्रालयका अनुसार घरेलु अर्डर भने बलियो छन्, तर विदेशी माग कमजोर छ । मन्त्रालयले जारी गरेको बयानमा भनिएको छ, ‘सेप्टेम्बर र अक्टोबरमा उत्पादनको सकारात्मक प्रवृत्ति देखिए पनि वर्षको अन्त्यतिर औद्योगिक गतिविधिमा ठुलो वृद्धि अपेक्षित छैन ।’

डेस्टाटिसका अनुसार, निर्माण क्षेत्रमा उत्पादन अक्टोबरमा ३.३ प्रतिशतले बढेको छ भने मेसिनरी र उपकरण निर्माणमा २.८ प्रतिशतको वृद्धि देखिएको छ । तर संकटग्रस्त मोटर उद्योगमा १.३ प्रतिशत गिरावट आएको छ ।

औद्योगिक अर्डर पनि अक्टोबरमा बढेको थियो, जसले भविष्यमा व्यवसाय गतिविधि बलियो हुने संकेत दिन्छ । यस वृद्धिमा जर्मनीले आफ्नो रक्षा सामग्रीको माग बढाएकोले ठूलो योगदान पुर्‍याएको छ ।

चान्सलर फ्रिड्रिक मर्जले दुई वर्षको मन्दीपछि अर्थतन्त्रलाई पुनः सक्रिय गर्न रक्षा र पूर्वाधारमा सार्वजनिक खर्च बढाएका छन् । यद्यपि केही आलोचकहरूले यो कदम सुस्त गतिमा अघि बढिरहेको ठान्छन् ।

जर्मनी सरकारले २०२५ मा अर्थतन्त्रले मात्र ०.२ प्रतिशत वृद्धि गर्ने र २०२६ मा यस खर्च वृद्धिको फाइदा उठाउँदै आर्थिक गति लिने अनुमान गरेको छ ।
 

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  ५ : ०३ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ