कमजोरी सच्याउन देउवा तयार भएपछि समर्थन गर्ने निर्णयमा पुगेँ :  सिंह (भिडियोसहित) | Khabarhub Khabarhub

कमजोरी सच्याउन देउवा तयार भएपछि समर्थन गर्ने निर्णयमा पुगेँ :  सिंह (भिडियोसहित)


२८ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदका प्रत्यासी शेरबहादुर देउवालाई सभापतिकै अर्का प्रत्यासी प्रकाशमान सिंहले समर्थन गरेका छन् ।

आज विहान नेता सिंहको निवास चाक्सीबारीमा उनीहरुबीच भएको भेटवार्तामा सो सहमति भएको नेता सिंहले सञ्चारकर्मीलाई जानकारी दिए । ‘अगामी दिनमा  पार्टीलाई विधानसम्मत सञ्चालन गर्ने र पार्टीमा देखिएका कमीकमजोरीलाई सच्याएर अगाडि बढ्ने सहमति भएको छ’, उनले भने,’धेरै प्रतिनिधिले पनि उहाँलाई नै स्वीकारेको देखियो । यसर्थ मेरो समर्थन देउवालाई नै ।’

निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि सभापति पदको पुनः मतदान हुन लागेको हो  ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले सभापति पदका प्रत्यासी मध्ये कसैले पनि कुल खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि आजै अपराह्न ३:३० देखि साँझ ७ :३० बजेसम्म पुनः मतदान गर्ने तयारी गरेको छ ।

मतदानमा प्रधानमन्त्री एवं वर्तमान सभापति देउवाले दुई हजार २५८ उनका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले एक हजार ७०२ मत प्राप्त गरेका थिए ।

सभापतिका अन्य प्रत्यासी पूर्व महामन्त्री सिंहले ३७१, उपसभापति विमलेन्द्र निधीले २५० र कल्याण गुरूङले २२ मत प्राप्त गरेका थिए ।

सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । मतदानमा कुल ७६ मत बदर भएको थियो ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  १२ : २४ बजे

तिहारलाई लक्षित गर्दै ‘वरिष्ठ बलराम’ प्रदर्शन हुने

काठमाडौं – आगामी तिहारलाई लक्षित गर्दै कात्तिक ६ गतेदेखि नेपाली

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा थप पाँच रिट दर्ता

काठमाडौं – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आज थप पाँच रिट

जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

जेन-जी नामबाट दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन

काठमाडौं – नयाँ राजनीतिक शक्ति राष्ट्रिय जेन–जि पार्टी नेपालले दल

पाँचसय र एकहजारका नोट बन्द गर्न विप्लव नेतृत्वको नेकपाको माग

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको हालै सम्पन्न