‘ओमिक्रोन’ भाइरस नियन्त्रणका लागि प्रदेश नं १ मा पूर्व तयारी शुरु | Khabarhub Khabarhub

‘ओमिक्रोन’ भाइरस नियन्त्रणका लागि प्रदेश नं १ मा पूर्व तयारी शुरु


२८ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- कोरोना भाइरसको नयाँ भेरियेन्ट ओमिक्रोन भाइरस नेपालमा भित्रिन नदिने प्रदेश नं १ मा पूर्वतयारी सुरु गरिएको छ ।

ओमिक्रोन भाइरस नेपालमा भित्रिन नदिन प्रदेश नं १ का भारतसँग जोडिएका विभिन्न नाकामा चेकजाँचलगायत अन्य उपाय सञ्चालन गरिएको हो । विराटनगरको रानी, झापाको काकरभिट्टा र सुनसरीको भान्टाबारीमा हेल्पडेस्क राखिएको छ ।

प्रदेश नं १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज यहाँ आयोजित सरोकारवालासँग आयोजित   प्रदेशस्तरीय  कोभिड ओमिक्रोन नियन्त्रण पूर्व तयारी छलफल कार्यक्रममा भारतमा लामो समय बस्ने नेपालीलगायत तेस्रो मुलुकबाट आउने नागरिकको स्वास्थ्य जाँच, एन्टिजेन परीक्षणका साथै  १४ वटै जिल्लाका जिल्ला अस्पतालमा थप सघन उपचार केन्द्रसहित आक्सिजन प्लान्ट जडान गरिएको जनाएको छ ।

सबै सीमा नाकामा अनिवार्य स्वास्थ्य चेकजाँचको व्यवस्था मिलाइएको तथा मेची, उदयपुर, सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, धनकुटा तथा तेह्रथुम जिल्लाका जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने काम सम्पन्न भएको तथा ती अस्पतालमा आवश्यक स्वास्थ्य उपकरणको व्यवस्था मिलाइएको बताइएको छ ।

मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीले कोरोना खोप केन्द्रको दायरा बढाउँदै खोपलाई अभियानको रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले कोरोनाविरुद्धको खोपको सहज उपलब्धता भएकाले विद्यालय तथा स्थानीय तहका प्रत्येक वडाका खोप केन्द्र वृद्धि गरी अभियान सञ्चालन गर्न सम्बन्धित सरोकारवालाई निर्देशन दिए ।

नेपाली सेना दुई नम्बर बाहिनी इटहरीका बाहिनीपति प्रकास देउजाले प्रदेशमा सञ्चालित हेल्प डेस्कलाई व्यवस्थित गर्दै सीमानाकामा होल्डिङ सेन्टर निर्माणमा सेनाको सहयोग रहने बताए ।

प्रदेश नं १ का प्रहरी कार्यालयका प्रमुख अरुणकुमार विसीले भारतसँग सीमा जोडिएको नाकामा जनचेतना वृद्धि गर्नुका साथै स्वास्थ्य चेकजाँच बढाएर ओमिक्रोन नियन्त्रण गर्न सकिने धारणा व्यक्त गरे ।

सशत्र प्रहरी बल पकलीका बाहिनीपति कमल गिरीले भारतमा ओमिक्रोनको सङ्क्रमण वृद्धि भएमा नेपालमा भयावहस्थिति आउने हुनाले अहिलेदेखिनै तयारी तीव्र बनाउनुपर्नेमा जोड दिए ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिना, विश्व स्वास्थ्य सङ्गठनका चिकित्सक डा सागर पौडेल, सामाजिक विकास मन्त्रालयका निमित्त सचिव फणिन्द्र खत्री, स्वास्थ्य कार्यालय परिवार नियोजन शाखाका अधिकृत कन्हैया साह तथा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख शम्भु साहलगायतले प्रदेशमा कोभिड नियन्त्रण व्यवस्थापन तथा रोकथामका बारेमा भइरहेको कामको बारेमा जानकारी गराए ।

यो प्रदेशमा यही मङ्सिर २६ गतेसम्म १४ लाख   आठ  हजार  २११ (४३ दशमल ६३ प्रतिशत) लक्षित समूहलाई खोप लगाएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  १ : ५० बजे

गृहमन्त्री अर्यालले ओलीलाई लक्षित गरेर भनेको ‘क्रिमिनल नेग्लिजेन्स’ के हो ?

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले पत्रकारलाई प्रतिक्रिया दिने क्रममा वा अन्तरवार्ताका

जोरपाटी चोकमा ट्राफिक लाइट जडान

काठमाडौं- जोरपाटीसहित आसपासका क्षेत्रमा सडक दुर्घटना न्यूनीकरण तथा सहरी ट्राफिक

नाच्दै-गाउँदै देउसीमा रमाउँदै (तस्बिरहरू)

काठमाडौं– हिन्दुहरूको दोश्रो महानचाड तिहार सकिने चरणमा पुगेको छ ।

पुरुष भलिबलः नेपाल तुर्कमेनिस्तानसँग पराजित

काठमाडौं- बङ्गलादेशमा आजदेखि सुरु भएको काभा कप पुरुष भलिबल प्रतियोगिताको

लोकतन्त्रविरुद्ध लाग्नेहरुलाई जनताले गाँउबस्तीबाट लखेट्छन् : मुख्यमन्त्री बानियाँ

काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लोकतन्त्रविरुद्ध लाग्नेहरुलाई जनताले गाँउबस्तीबाट