संसदमा अवरोध कायमै राख्ने एमालेको निर्णय « Khabarhub

संसदमा अवरोध कायमै राख्ने एमालेको निर्णय


२८ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेले संसदको अवरोध कायमै राख्ने निर्णय गरेको छ ।

मंगलबार बसेको संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ‌ओलीले संसदको अवरोध कायमै राख्ने अडान सुनाएका छन् । उनले पार्टीको नीति अनुरूप सदनमा प्रभावकारी भूमिका खेल्न पनि निर्देशन दिए ।

‘सरकारले हाम्रो उपस्थिति नहोस्, विरोध जारी राखोस् भन्ने चाहेको छ,’ किनकी अहिलेसम्म हाम्रा मागको वेवास्ता भइरह्यो’, ओलीले भने ।

अध्यक्ष ओलीले पार्टीले कारबाही गरेका सांसदहरूलाई त्यहाँ किन राखिएको ? भन्दै सभामुखसामू प्रश्न पनि गरेका छन् ।

सरकारले आज संसद बैठक डाकेको छ । संसद अधिवेशन २ बजे शुरू हुदैछ ।

माधव नेपालसहितका नेताहरुमाथि गरिएको कार्वाहीलाई सभामुख अग्नि सापकोटाले अस्वीकार गरेपछि पार्टी फुटेको भन्दै एमालेले लगातार संसद अवरूद्ध गर्दै आएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  १ : ३९ बजे

ब्रोकरहरूसँग अर्थमन्त्रीले भने- नेपाललाई ग्रे लिस्टबाट बाहिर ल्याउन छ, सुशासनको काम गर्छु

काठमाडौं– अर्थमन्त्री स्वर्णिम वाग्लेले देशलाई ग्रे लिस्टबाट बाहिर ल्याउनको लागि

स्वास्थ्य मन्त्रालयद्वारा चार बुँदे कार्यादेशसहित उच्चस्तरीय समिति गठन 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवालाई पारदर्शी, प्रविधिमैत्री र

अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी चैत २७ देखि

चितवन– दशौँ अन्तर्राष्ट्रिय प्रदर्शनी यही चैत २७ गतेदेखि सुरु हुने भएको

औषधी व्यवस्था विभागद्वारा ६ प्रकारका नयाँ औषधिको गुणस्तर अनुमोदन

काठमाडौं– औषधि व्यवस्था विभागले विभिन्न ६ प्रकारका नयाँ औषधि तथा

मुन्दुम ट्रेल अल्ट्रा रेस–२०८२ : खोटाङकी निर्मला तथा ओखलढुङ्गाका विनोद प्रथम

खोटाङ– ‘मुन्दुम ट्रेल अल्ट्रा रेस–२०८२’को उपाधि महिलातर्फ खोटाङकी निर्मला राई र