बेलायतमा ओमिक्रोनबाट पहिलो व्यक्तिको मृत्यु « Khabarhub

बेलायतमा ओमिक्रोनबाट पहिलो व्यक्तिको मृत्यु


२८ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बेलायतमा ओमिक्रोन भेरियन्टबाट कम्तीमा एक जनाको मृत्यु भएको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार पुष्टि गरेको छ ।

ओमिक्रोन भेरियन्टको कारण अस्पतालमा भर्ना भएका एक बिरामीको मृत्यु भएको उनले जनाएका हुन् । यसअघि बेलायती स्वास्थ्य सचिव साजिद जाविदले ओमिक्रोनका १० जना अस्पतालमा रहेको बताएका थिए । अस्पतालमा भर्ना भएकाहरुको मृत्युदर बढ्ने सक्ने पनि उनले चेतावनी दिएका छन् ।

युके हेल्थ सेक्युरिटी एजेन्सीका अनुसार उनीहरुको उमेर १८ देखि ८५ बीचमा रहेको छ । बेलायती स्वास्थ्य सचिवले ओमिक्रोन भेरियन्ट असाधारण दरमा फैलिरहेको पनि चेतावनी दिएका छन् ।

बेलायतमा हिजो एकै दिनमा ५४ हजार ६६१ जना नयाँ कोरोनाभाइरस सङ्क्रमित देखा परेका छन् । यसैसँगै एक करोड ८७ लाख तीन हजार ४६८ जना पुगेको सोमबार जारी गरिएको आधिकारिक तथ्याङ्कमा जनाइएको छ ।

यसै अवधीमा कोरोनाभाइरस सङ्क्रमणको कारण ३६ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोनाबाट बेलायतमा  एक ४६ हजार ४७७ जनाको मृत्यु भएको छ ।

 

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  २ : ५९ बजे

हत्या आरोपमा एकजना पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका-१० इखम्बु बस्ने ४७ वर्षीय लीला प्रसाद राईको हत्या

धोबी खोलो सफाइमा उत्रिए हर्कका समर्थक (तस्बिरहरू)

काठमाडौं– धरानबाट सुरु भएको हर्क साम्पाङको श्रमदान अभियान काठमाडौं प्रवेश

भानु नगरका शिक्षकलाई ‘एआई’ तालिम

तनहुँ– तनहुँको भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।