बेलायतमा ओमिक्रोनबाट पहिलो व्यक्तिको मृत्यु « Khabarhub

बेलायतमा ओमिक्रोनबाट पहिलो व्यक्तिको मृत्यु


२८ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बेलायतमा ओमिक्रोन भेरियन्टबाट कम्तीमा एक जनाको मृत्यु भएको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार पुष्टि गरेको छ ।

ओमिक्रोन भेरियन्टको कारण अस्पतालमा भर्ना भएका एक बिरामीको मृत्यु भएको उनले जनाएका हुन् । यसअघि बेलायती स्वास्थ्य सचिव साजिद जाविदले ओमिक्रोनका १० जना अस्पतालमा रहेको बताएका थिए । अस्पतालमा भर्ना भएकाहरुको मृत्युदर बढ्ने सक्ने पनि उनले चेतावनी दिएका छन् ।

युके हेल्थ सेक्युरिटी एजेन्सीका अनुसार उनीहरुको उमेर १८ देखि ८५ बीचमा रहेको छ । बेलायती स्वास्थ्य सचिवले ओमिक्रोन भेरियन्ट असाधारण दरमा फैलिरहेको पनि चेतावनी दिएका छन् ।

बेलायतमा हिजो एकै दिनमा ५४ हजार ६६१ जना नयाँ कोरोनाभाइरस सङ्क्रमित देखा परेका छन् । यसैसँगै एक करोड ८७ लाख तीन हजार ४६८ जना पुगेको सोमबार जारी गरिएको आधिकारिक तथ्याङ्कमा जनाइएको छ ।

यसै अवधीमा कोरोनाभाइरस सङ्क्रमणको कारण ३६ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोनाबाट बेलायतमा  एक ४६ हजार ४७७ जनाको मृत्यु भएको छ ।

 

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  २ : ५९ बजे

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को