एक हजार बढी कांग्रेस महाधिवेशन प्रतिनिधिको स्वास्थ्य परीक्षण « Khabarhub

एक हजार बढी कांग्रेस महाधिवेशन प्रतिनिधिको स्वास्थ्य परीक्षण


२८ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि महाधिवेशनस्थल भृकुटीमण्डपको मुख्य प्रवेशद्वार नजिक स्थापना गरिएको स्वास्थ्य शिविरमा एक हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिले स्वास्थ्य सेवा लिएका छन् ।

महाधिवेशनका लागि पार्टीले पूर्वमन्त्री एवम् नेता मोहनबहादुर बस्नेत संयोजक रहेको स्वास्थ्य समिति गठन गरेको थियो । शिविरमा महाधिवेशन प्रतिनिधिले खासगरी उच्च रक्तचाप र मधुमेहसम्वन्धी परीक्षण गराएको डा हेमन्त गौतमले जानकारी दिए ।

महाधिवेशन प्रतिनिधिलाई शिविरमा स्वास्थ्य परीक्षण गराई निःशुल्क औषधि प्रदान गर्ने व्यवस्था मिलाइएको छ । महाधिवेशनका लागि प्राडा रामचन्द्र अधिकारीको नेतृत्वमा १० सदस्य स्वास्थ्य टोली खटिएको छ । परीक्षण आउने मध्य केहीमा सामान्य रुघाखोकी र झाडापखालासम्वन्धी समस्या देखिएको पनि डा गौतमले बताए । कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई मध्येनजर गरी शिविरबाट महाधिवेशन प्रतिनिधिलगायतलाई मास्क र स्यानिटाइजर निःशुल्क वितरण वितरण गरिएको छ ।

साथै समितिले मतदान प्रवेशद्वारमा पूरै शरिर स्यानिटाइज हुने व्यवस्था मिलाएको छ । महाधिवेशनका लागि स्वास्थ्य सेवा विभाग र औषधि उत्पादक कम्पनीले निःशुल्क औषधिको व्यवस्था गरेको हो । महाधिवेशनका लागि नरदेवी आयुर्वेदिक अस्पतालबाट औषधिसहित कविराजको टोली पनि खटिएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ३ : ४६ बजे

प्रशिक्षकले सन ह्युङ मिनको नाममा खेलेको ‘जुवा’, जसले डुबायो दक्षिण कोरियालाई

मोन्टेरे, मेक्सिको- दक्षिण कोरियाले बुधबार दक्षिण अफ्रिकाविरुद्ध पराजय मात्र टारेको

नाटोमाथि इरानले लगायो यस्तो आरोप

काठमाडौं- इरानले नाटोमाथि आफूविरुद्धको अमेरिका–इजरायल युद्धमा प्रत्यक्ष संलग्न भएको आरोप

केन्द्रीय सदस्यको मतगणना जारी, दुई घण्टाभित्र नतिजा आउने 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

नेप्से परिसूचक आठ अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज पनि

संविधानमै ग्यारेन्टी खोजेको रास्वपाले आफ्नै चुनावमा लागु गर्न सकेन ‘नो भोट’

काठमाडौं- स्थापनाकालबाटै संविधानमा ‘नो भोट’ राखिनुपर्ने वकालत गर्दै आएको राष्ट्रिय