सांकेतिक तस्बिर

समाचार

१४७ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

By खबरहब

December 14, 2021

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४७ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर १२० कोरोना संक्रमितको आईसीयूमा र २७ को भेन्टिलेटरमा गरी कुल १४७ जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा १७ जना आईसीयूमा र ६ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी प्रदेश २ मा ४ जना आईसियूमा उपचाररत छन् भने बागमती प्रदेशमा ७५ जना आईसीयूमा र १८ जना भेन्टिलेटरमा उपचारत छन् ।

गण्डकी प्रदेशमा ५ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् । त्यस्तै लुम्बिनी प्रदेशमा १४ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् ।

सुदुरपश्चिममा ५ जना आईसीयूमा उपचाररत छन् ।