२१ सय मत खस्यो, उम्मेदवारहरु लाइनमै मत माग्दै « Khabarhub

२१ सय मत खस्यो, उम्मेदवारहरु लाइनमै मत माग्दै


२८ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान भृकुटीमण्डपमा भइरहेको छ । साँझ ६ बजेसम्म करिब २१ सय मत खसेको निर्वाचन समितिले जनाएको छ । ४७४३ महाधिवेशन प्रतिनिधि छन् ।

सभापतिका उम्मेदार शेरबहादुर देउवा र डा. शेखर कोइराला मतदानका लागि लाइनमा बसेका मतदाताहरुसँग मत मागिरहेका छन् ।

सोमबार भएको मतदानमा सापतिका ५ उम्मेदवार मध्ये कसैले पनि विजयी हुन आवश्यक पर्ने ५० प्रतिशतभन्दा धेरै मत नल्याएपछि मंगलबार पुनः सबैभन्दा धेरै मत ल्याउने दुई उम्मेदवारबीच प्रतिस्पर्धा भएको हो ।

सबैभन्दा धेरै मत ल्याउने शेरबहादुर देउवा र डा शेखर कोइराला दोस्रो चरणमा प्रतिस्पर्धा गरिरहेका छन् । प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ पहिलो चरणको मतदानपछि प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।

मंगलबार मतदान सकिए लगत्तै सभापतिको मतगणना हुनेछ । त्यसपछि अन्य पदका लागि भएको मतदानको गणना हुनेछ । १३४ सिट मध्ये २ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । १३२ सिटका लागि भएको मतदानको गणना भएको छैन ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ६ : ३८ बजे

स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार

बाँके– मानव–वन्यजन्तु द्वन्द्व सृजना गर्ने सात ‘समस्याग्रस्त’ बाघको उद्धार गरिएको

इमरानका छोराद्वारा ‘प्रतिआक्रमण’को चेतावनी

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका छोरा कासिम खानले पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई)

प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

काठमाडौं- नेपाल प्रज्ञा प्रतिष्ठानले आजदेखि आयोजना गरेको बृहत् पुस्तक प्रदर्शनीमा

बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द

भक्तपुर- भक्तपुरको बोडे र काठमाडौँको मूलपानी जोड्ने मनोहरा खोलाको पुलसँगैको