२१ सय मत खस्यो, उम्मेदवारहरु लाइनमै मत माग्दै | Khabarhub Khabarhub

२१ सय मत खस्यो, उम्मेदवारहरु लाइनमै मत माग्दै


२८ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान भृकुटीमण्डपमा भइरहेको छ । साँझ ६ बजेसम्म करिब २१ सय मत खसेको निर्वाचन समितिले जनाएको छ । ४७४३ महाधिवेशन प्रतिनिधि छन् ।

सभापतिका उम्मेदार शेरबहादुर देउवा र डा. शेखर कोइराला मतदानका लागि लाइनमा बसेका मतदाताहरुसँग मत मागिरहेका छन् ।

सोमबार भएको मतदानमा सापतिका ५ उम्मेदवार मध्ये कसैले पनि विजयी हुन आवश्यक पर्ने ५० प्रतिशतभन्दा धेरै मत नल्याएपछि मंगलबार पुनः सबैभन्दा धेरै मत ल्याउने दुई उम्मेदवारबीच प्रतिस्पर्धा भएको हो ।

सबैभन्दा धेरै मत ल्याउने शेरबहादुर देउवा र डा शेखर कोइराला दोस्रो चरणमा प्रतिस्पर्धा गरिरहेका छन् । प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ पहिलो चरणको मतदानपछि प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।

मंगलबार मतदान सकिए लगत्तै सभापतिको मतगणना हुनेछ । त्यसपछि अन्य पदका लागि भएको मतदानको गणना हुनेछ । १३४ सिट मध्ये २ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । १३२ सिटका लागि भएको मतदानको गणना भएको छैन ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ६ : ३८ बजे

भारतका प्रधान न्यायाधीश डा चन्द्राच्युड नेपालमा

काठमाडौं–  प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका प्रधान न्यायाधीश डा

पेटमा गोली लागेपछि सडकमै ढलेकी थिइन् एनिका

झापा- उदयपुर घर भएकी १८ वर्षीया एनिका अधिकारी शुक्रबार मध्यान्ह

फ्लप भएपछि शो बन्द गर्दै कपिल ?

काठमाडौं– भारतीय कलाकार कपिल शर्माले ‘द इन्डिय कपिल शर्मा शो’बाट

बिहीबार नेप्सेमा सकारात्मक सर्किट हान्ने ३ लघुवित्तको वित्तीय विवरण कस्तो ?  

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार ७ अंकले घट्दा पनि

भैंसीपाटीस्थित सीजी फुड्स पार्कमा आक्रमण, २२ जना पक्राउ

काठमाडौं – चौधरी ग्रुपद्वारा सञ्चालित ललितपुरको भैंसेपाटीस्थित सीजी फुड्स पार्कका