मर्मत भएन याङ्ग्री र लार्केसम्मको सडक « Khabarhub

मर्मत भएन याङ्ग्री र लार्केसम्मको सडक


२८ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– याङ्ग्री र लार्के खोलाको आयोजनास्थलसम्म पुग्ने सडक वर्षाका कारण भत्किएकामा अझै मर्मत हुन सकेको छैन । मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको निर्माणका लागि पहुँचमार्ग निर्माण भइरहँदा असारको पहिलो साता बगाएको थियो ।

बीस किमी सडकमध्ये झण्डै पाँच किमी बगाएको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिए। इन्द्रावती नदीमा आएको बाढीले सडक बगाएको थियो । पहिलो चरणमा मेलम्ची नदीसम्म पुग्ने सडक नबनेकाले अहिले उक्त सडकको मर्मत प्राथमिकतामा नपरेको हो । उनले भने, “सडक विभागले मर्मत गरिसकेको छ, हामीले गर्न बाँकी छ ।”

दश किमी सडकमध्ये पाँच किमी विभाग र अर्को पाँच किमी आयोजनाले निर्माण गरेको थियो । धापदेखि लार्के र याङ्ग्रीसम्मको सडक निर्माण आयोजनाले गरेको थियो । अहिले निर्माण व्यवसायीले निर्माण अघि बढाउन चाहेको उनले बताए । उनले भने, “हामीले पहिले मेलम्ची नदीको आयोजनास्थलसम्म नै सडक पुर्‍याउन लागेका थियौँ ।”

आयोजनालाई लक्षित गरेर निर्माण हुन लागे पनि सो सडकको निर्माण सम्पन्न हुँदा स्थानीयवासीलाई समेत फाइदा पुग्ने देखिएको छ । यहाँका ३८० कित्ता अधिग्रहण गरेर सडक निर्माण गरिएको थियो । गत असारमा मेलम्ची नदीमा आएको बाढीले गर्दा खानेपानी आयोजनामा ठूलो क्षति पुगेको थियो ।

आयोजनास्थलमा रहेका धेरै संरचना र निर्माण सामग्री बाढीले बगाएको थियो । आयोजनास्थलभन्दा माथिल्लो भागबाट आएको पहिरोले संरचनामा क्षति पुगेको थियो । अहिले पनि ‘हेडवर्क’ लगायतका संरचना खोलाको लेदोले पुरिएको छ । सरकारले अहिले सडक मर्मत गरेर आयोजनास्थलसम्म पुर्‍याएको छ । रासस

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  १० : ४० बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको