आमिरको ‘लाल सिंह चड्डा’ले राख्यो यस्तो रेकर्ड « Khabarhub

आमिरको ‘लाल सिंह चड्डा’ले राख्यो यस्तो रेकर्ड


२८ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमरउजाला)– झण्डै सय दिनको सय र सय नै लोकेसनमा छायांकन गरिएको आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’को सुटिङ पुरा भएको छ । फिल्ममा करीना कपूर खान आमिरको प्रेमिका बनेकी छन् ।

ओस्कर विजेता हलिउड फिल्म ‘फरेस्ट गम्प’को हिन्दी रिमेकका रुपमा बनिरहेको ‘लाल सिंह चड्डा’मा आमिरले भारतको पाँच दशक बढीको इतिहासलाई पर्दामा देखाउदैछन् । देशमा भएको विभिन्न राजनीतिक, सैनिक र भौगोलिक घटनाको पृष्ठभूमिमा रहेर फिल्मको कथामा एक सैनिकको अदम्य साहस र जीवनप्रति उसको अनुरागलाई देखाइनेछ ।

समाचारअनुसार फिल्मका लागि अभिनेता तथा निर्माता आमिरले मानसिक रुपमा निकै तयारी गर्नुपरेको थियो । यसका लागि उनले शारीरिक बद्लावको कैयौं चरण देखे र आफ्नो भूमिकालाई पर्दामा सही रुपमा प्रस्तुत गर्नका लागि समर्पित भएर लागे । यो फिल्म करिब सय दिनसम्म सुटिङ गरिएको थियो । आमिरको फिल्म ‘लगान’पछि सर्वाधिक लामो समयसम्म सुट गरिएको यो अर्को फिल्म बनेको छ ।

यो फिल्म भारतका विभिन्न सय बढी स्थानमा छायांकन गरिएको छ । यो फिल्ममा देशका अलग अलग स्थानमा भएका ऐतिहासिक घटनालाई पहिलोपटक प्रस्तुत गरिँदैछ । यो बलिउडमा सम्भवत पहिलो प्रयोग हो । आफ्नो फिल्मका लागि आमिरले मोबाइल फोन र सामाजिक सञ्जालदेखि आफूलाई टाढा नै राखे । यो फिल्म आगामी वर्षको वैशाखीमा रिलिज हुँदैछ ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ९ : ०५ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक