आमिरको ‘लाल सिंह चड्डा’ले राख्यो यस्तो रेकर्ड « Khabarhub

आमिरको ‘लाल सिंह चड्डा’ले राख्यो यस्तो रेकर्ड


२८ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमरउजाला)– झण्डै सय दिनको सय र सय नै लोकेसनमा छायांकन गरिएको आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’को सुटिङ पुरा भएको छ । फिल्ममा करीना कपूर खान आमिरको प्रेमिका बनेकी छन् ।

ओस्कर विजेता हलिउड फिल्म ‘फरेस्ट गम्प’को हिन्दी रिमेकका रुपमा बनिरहेको ‘लाल सिंह चड्डा’मा आमिरले भारतको पाँच दशक बढीको इतिहासलाई पर्दामा देखाउदैछन् । देशमा भएको विभिन्न राजनीतिक, सैनिक र भौगोलिक घटनाको पृष्ठभूमिमा रहेर फिल्मको कथामा एक सैनिकको अदम्य साहस र जीवनप्रति उसको अनुरागलाई देखाइनेछ ।

समाचारअनुसार फिल्मका लागि अभिनेता तथा निर्माता आमिरले मानसिक रुपमा निकै तयारी गर्नुपरेको थियो । यसका लागि उनले शारीरिक बद्लावको कैयौं चरण देखे र आफ्नो भूमिकालाई पर्दामा सही रुपमा प्रस्तुत गर्नका लागि समर्पित भएर लागे । यो फिल्म करिब सय दिनसम्म सुटिङ गरिएको थियो । आमिरको फिल्म ‘लगान’पछि सर्वाधिक लामो समयसम्म सुट गरिएको यो अर्को फिल्म बनेको छ ।

यो फिल्म भारतका विभिन्न सय बढी स्थानमा छायांकन गरिएको छ । यो फिल्ममा देशका अलग अलग स्थानमा भएका ऐतिहासिक घटनालाई पहिलोपटक प्रस्तुत गरिँदैछ । यो बलिउडमा सम्भवत पहिलो प्रयोग हो । आफ्नो फिल्मका लागि आमिरले मोबाइल फोन र सामाजिक सञ्जालदेखि आफूलाई टाढा नै राखे । यो फिल्म आगामी वर्षको वैशाखीमा रिलिज हुँदैछ ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ९ : ०५ बजे

एक साताको खोजी निष्फल, पत्रकार पौडेलका बुवा-आमासहित पाँच जनाको अन्तिम संस्कार

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर

रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सम्पन्न

अमेरिका- रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सम्पन्न भएको छ

पुनर्निर्माणका लागि अर्थमन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गर्नुपर्छ : रामबहादुर थापा

काठमाडौं– नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले पुनर्निर्माणका

इरानी सैन्य लक्ष्य विरुद्धको आक्रमण पूरा गरेको सेन्टकमको दाबी

ताम्पा- संयुक्त राज्य अमेरिकाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले इरानका विभिन्न सैन्य

प्रतिनिधिसभाबाट भोटेकोशी बाढी विपद्सम्बन्धी विशेष प्रस्ताव पारित

काठमाडौं– प्रतिनिधिसभा बैठकले भोटेकोशी बाढी विपद्सम्बन्धी विशेष प्रस्ताव पारित गरेको